काठमाणडौं – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ ।
पार्किन्सन रोगबाट पीडित राईको उपचारका क्रममा हिजो काठमाण्डौंको वीर अस्पतालमा निधन भएको माओवादीका केन्द्रका नेता सुदन किराँतीले जानकारी दिए ।
भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राईको निधनमा दुःख व्यक्त गरेका छन् ।





