काठमाण्डौं – भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौं आउँदै छन् ।
निजी भ्रमणको सिलसिलामा काठमाण्डौं आउन लागेका उनि आजै स्वदेश फर्कीने छन्। बिहान १० बजेतिर भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सीधै स्वयम्भू जाने कार्यक्रम छ ।
त्यहाँ पूजापाठ गरिसकेपछि बौद्ध जाने र बौद्धको पूजापाठ पछि फेरि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिउँसो स्वदेश फर्कीने छन् । निजी भ्रमण भएकाले उनले कसैसँग भेटघाट गर्ने कार्यक्रम नभएको बुझिएको छ ।





