यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुदैँ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुदैँ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुदैँ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १२, बुधबार ०९:५१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ ।

यस प्रदेशको कृषि, व्यापार, पर्यटन, उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गर्न लागेको हो । संघले २०६३ सालदेखि यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।

महोत्सव आयोजनाका लागि तीन करोड रुपियाँ खर्च हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सवमा करिब १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरेको सङ्घका अध्यक्ष पुष्प कुँवरले बताए ।

महोत्सवमा कृषि, जडीबुटी, स्थानीय उत्पादन, अटो मोबाइल्स, होटल लगायतको गरी पाँच सय वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । यस वर्षको महोत्सव करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अध्यक्ष कुँवरले बताए । उनले महोत्सव तयारीको काम ७० प्रतिशत पूरा भइसकेको जानकारी दिए ।

महोत्सव उद्घाटनका लागि सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा दिएको छ । महोत्सव उद्घाटन अवसरमा प्रमुख अतिथिलाई १० किलोको फूलको माला लगाइने आयोजकले जानकारी दिएको छ । सुरुवाती चरणमा सङ्घले सुदूरपश्चिम प्रदेशको विकासका लागि राज्यसमक्ष २१ बुँदे माग राख्दै २१ किलोको फूलको माला लगाउने गरेको थियो ।

महोत्सवको १८ औं संस्करणसम्म आइपुग्दा अप्टिकल फाइबर, सुदूरपश्चिम विश्वविद्यालयलगायतका पाँच माग पूर्णरुपमा पूरा भएको सङ्घका महासचिव ओम विष्टले जानकारी दिए । उनले छ वटा माग पूरा हुने क्रममा रहेको र १० वटा माग अझै पूरा हुन बाँकी रहेको जानकारी दिए ।

गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गर्नुपर्ने, प्रदेश प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेज स्थापना, चीनसँग जोड्ने नाका खोल्नुपर्ने, प्रदेश सांस्कृतिक सङ्ग्रहालय निर्माणलगायतको माग पूरा हुन नसकेको सङ्घले जानकारी दिएको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने जनाइएको छ । यसैगरी थारु गाउँसमेत रहने सङ्घले जानकारी दिएको छ । महोत्सवको हरेक टिकट बिक्रीबाट केही रकम सामाजिक विकासको क्षेत्रका लागि छुट्टयाइने सङ्घका अध्यक्ष कुँवरले बताए । उनले महिलाको आर्थिक सामाजिक सशक्तीकरणका लागि प्रति टिकट दुई, सङ्घको विपद् व्यवस्थापन कोषका लागि पाँच र लागु औषध दुर्व्यसनविरुद्धको अभियानका लागि एक रुपियाँ छुट्याइने जानकारी दिए ।

अघिल्लो लेख एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै
अर्को लेख इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

कैलालीसमाचार

कैलालीका एक युवक लागूऔषधसहित पक्राउ

२०८२ असार २२, आईतवार १२:१७ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा ट्यागमी एपबारे अन्तरक्रिया

२०८१ श्रावण १२, शनिबार १९:४९ गते
कञ्चनपुर

कञ्चनपुरबाट भन्सार भन्सार छलीका सामान बरामद

२०८१ पुष २१, आईतवार १२:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?