यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच सहकार्यको सम्झौता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच सहकार्यको सम्झौता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच सहकार्यको सम्झौता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ४, मंगलवार २१:२४ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) र टी-२० नेपाल प्रिमियर लिग लिगमा सहभागी सुदूरपश्चिम रोयल्स क्रिकेट टोलीबिच सम्झौता भएको छ। एसपीए कलेजले सुदूरपश्चिम रोयल्स सँग एजुकेसन पार्टनर का रूपमा सहकार्य गर्ने गरी सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत एसपीए कलेजले सुदूरपश्चिम रोयल्सको आधिकारिक शैक्षिक साझेदारको रूपमा काम गर्नेछ। कलेजले आफ्नो शैक्षिक स्रोत र सुविधाहरू प्रयोग गर्दै क्रिकेट खेलाडीहरूलाई शैक्षिक अवसरहरू प्रदान गर्न सहयोग गर्ने लक्ष्य राखेको छ।

सुदूरपश्चिम रोयल्सले युवा प्रतिभालाई खेलकुद र शिक्षाको क्षेत्रमा एकसाथ अघि बढाउन यो साझेदारीलाई महत्त्वपूर्ण कदमको रूपमा लिएको छ। भने यो साझेदारीले स्थानीय स्तरमा खेलकुद र शिक्षाको विकासलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए कलेज र सुदूरपश्चिम रोयल्सबीच भएको सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षर गरेका छन् ।

एसपीए कलेजले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो । यसबाहेक एसपीए कपले पनि नेपालको घरेलु क्रिकेटमा ठुलो योगदान दिएको थियो । धनगढीलाई सिटी अफ क्रिकेटको पहिचान दिन एसपीएले निरन्तर मिहिनेत गरिरहेको छ ।

सम्झौतापछि रोयल्सका मालिक शाहले एसपीएको प्रभाव शिक्षासँगै खेलकुदमा पनि उत्तिकै प्रभावकारी रहेको बताए । ‘एसपीएको नाम शिक्षा क्षेत्रसँगै खेलकुदमा पनि उत्तिकै सुनेका छौँ । हामीले सुदूरपश्चिमको क्रिकेट विकास गर्ने लक्ष्य राख्दा एसपीए कलेज सँग सहकार्य गर्न पाउनु सौभाग्यको कुरा हो । लामो समयदेखि शिक्षा र खेलकुदलाई बढवा दिइरहेको संस्थासँग जोडिन पाउँदा निकै खुसी छ ।’, शाहले भने ।

एसपीए कलेजका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे।’हामी क्रिकेटको माध्यमबाट खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौँ । हामी सबै एक भएर आउँदा लक्ष्य प्राप्तिका लागि थप सहज हुन्छ । हामी सबैले फाप्ला अन्तर्राष्ट्रिय रङ्गशालामा खेल आयोजना गर्ने सपना देखेका छौँ, र हाम्रो सहकार्यले त्यसलाई वास्तविकतामा परिणत गर्नेछ ।’, शाहीले भने ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मङ्सिर १५ देखि पुस ६ गते सम्म सञ्चालन हुने एनपिएलमा सुदूरपश्चिम रोयल्सका तर्फबाट मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी, मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सको तर्फबाट दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) ले खेल्दै छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीमा तेस्रो ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’ सम्पन्न
अर्को लेख धनगढीको त्रिनगर माविको सामाजिक परीक्षण सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

२०८१ पुष १८, बिहीबार ११:५१ गते
कैलालीस्वास्थ्य-शिक्षा

टीकापुर अस्पतालमै सर्जरी सेवा : बिरामीलाई राहत

२०८१ श्रावण ३१, बिहीबार १५:५८ गते
दार्चुलाराजनीति

दार्चुलाको दुहु–५ मा ६८ प्रतिशत मतदान

२०८१ मंसिर १६, आईतवार १८:५९ गते
कैलाली

बझाङमा आमासँगै छोरी रोहिणीको पनि एकै चिहान

२०८१ पुष १७, बुधबार १०:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?