कैलाली – तेस्रो सुप इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८१ अन्तर्गत सर्वोत्कृष्ट नव देउडा गायिका तर्फको अवार्ड बाट यस वर्ष कालिकोटकी विपना सिंह सम्मानित भएकी छन् ।
सोमबार सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि पूर्वमुख्यमन्त्री राजेन्द्रसिं रावलबाट गायिका विपनालाई सो अवार्डद्वारा सम्मानित गरिएको हो ।
लोकप्रिय नव गायिकाहरुको प्रतिस्पर्धामा विपनाको आवाजमा रहेको सुनौली कोल गीत सामेल गरिएको थियो ।
कर्णाली र सुदूरका विकट गाउँ बस्तीका लाखौं दर्शकहरुका बिच प्रत्यक्षे देउडा खेलबाट सुपरिचित विपना सिंहले गायन तर्फपनि उत्कृष्ट लयमा उत्कृष्ट आवाज र शब्द प्रस्तुत गरेर झनै चर्चामा छिन् ।
अवार्ड वितरण गरिदा विपनाको प्रतिभा वारे प्रशंसा गरिनुका साथै सुदूर र कर्णालीको माटोमा जन्मिएका यस्ता कलाकारहरुको संरक्षणमा जोड दिइएको थियो ।
विशेषगरी दर्शकहरुको भोटिङलाइ बढी आधार मानेर गायिकाहरुको प्रतिभा बारे प्रतिस्पर्धा गराइएको बताइएको छ ।
‘अग्रज लाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ धनगढीमा सम्पन्न गरिएको हो ।
मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नका कार्यक्रमको आयोजना गरिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले बताए ।
सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को फाइनल अवार्ड कार्यक्रममा बरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्रराज रेग्मीलाई नगद ११ हजार १ सय ११ सहित लाइफ टाइम एचिभमेन्ट सम्मान, भुवन दाहाल (दशक गायन सम्मान), संगीता शाह (दशक गायिका सम्मान), नरबहादुर शाह (निर्मल) (लाइभ देउडा सम्मान), दिपक उपाध्याय (समाजसेवी सम्मान), तिर्थराज पन्त (युवा समाजसेवी सम्मान), भरतबिक्रम शाह (पर्यटन प्रवद्र्धन सम्मान), भुवनप्रकाश बडु र चन्द्र चौधरी (चाँद)लाई दशक कला सम्मानबाट सम्मानित गरिएको थियो ।





