अछाम –अछाममा चट्याङ लागेर दुई जना घाइते भएका छन्।
जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्देवासिनी धामी गाँउका ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी घाइते भएका हुन ।
तुलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।





