धनगढी – कैलालीको धनगढीमा होटेल सञ्चालन गरिरहेका अछामका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको चौरपाटी गाउँपालिका–१ घर भई हाल धनगढी बसपार्क स्थित प्रियंका होटेलका संचालक ३६ वर्षीय विजय साउँद पक्राउ परेका हुन्।
साउँदलाई ३ ग्राम ३८० मिलिग्राम लागूऔषधसहित आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।





