यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछामको जयगढ–रामारोशन सडक कालोपत्रको काम २ वर्षदेखि ठप्प
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछामको जयगढ–रामारोशन सडक कालोपत्रको काम २ वर्षदेखि ठप्प
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछामको जयगढ–रामारोशन सडक कालोपत्रको काम २ वर्षदेखि ठप्प

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १२, शुक्रबार १३:३५ गते
SudarshanTelevision
3 मिनेटको
जयगढ–रामारोशन सडक । तस्बिर : एकेन्द्र महता
सेयर गर्नुहोस्

धनगढी –अछामको जयगढ–रामरोशन सडकको कालोपत्र गर्ने योजना दुई वर्षदेखि ठप्प छ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन क्षेत्र जोड्ने सडक निर्माण ठप्प हुँदा स्थानीयवासी र पर्यटक दुवैले सास्ती भोगिरहेका छन्।

बान्नीगढी जयगढ गाउँपालिका अन्तर्गत पर्ने जयगढ बजारदेखि दर्नासम्मको करिब १२ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालय, अछामले सम्झौता गरेको थियो। जयगढ–रामारोशन सडक खण्डमा तीन वटा ठेक्का सम्झौता गरिएकोमा एकको काम पनि सन्तोषजनक छैन्।

पूर्वाधार विकास कार्यालय, अछामले २०७६ कात्तिक १९ गते वज्रगुरु कन्स्ट्रक्सनसँग २४ करोड ७७ लाख ९० हजार ३६९ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार काम २०७९ असार १७ भित्र सम्पन्न भइसक्नुपर्ने थियो। तर, पटक पटक म्याद थपिँदा पनि अहिलेसम्म कालोपत्रे सुरु भएको छैन। कार्यालय प्रमुख जङ्गबहादुर थापाले निर्माण व्यवसायीहरू बिरामी भएका बताए। उनले भने, ठेकेदार सबै बिरामी भए। पछि गर्दैनन्।’

पूर्वाधार विकास कार्यालय साँफेबगरले हालसम्म योजना अन्तर्गत ८० प्रतिशत भौतिक कार्य पूरा भइसकेको बताएको छ। सोही अनुसारको भुक्तानी पनि निर्माण कम्पनीले लिएको छ। तर, मुख्य काम कालोपत्रे नै सुरु नभएकाले आयोजना अधुरो बनेको हो। कम्पनीलाई पटक पटक ताकिता गरिएको भए पनि कुनै सुनुवाइ भएको छैन। आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पूर्वाधार कार्यालयले बताएको छ। थापाले भने, ‘तीन ठेक्का हुन्। तीन वटै कम्पनीहरू छन्। कामको प्रगतिको विषयमा जवाफ दिन सक्ने अवस्थामा म छैन्।’

योजनाको ठेक्का लिएको वज्रगुरु कन्स्ट्रक्सन हाल सम्पर्क विहीन जस्तै छ। प्रमुख प्रतिनिधिको फोन नउठ्ने, सम्पर्क गर्न नसकिने गुनासो स्थानीय तह र कार्यालय दुवैको रहेको छ। जयगढ–रामारोशन सडक निर्माणमा ढिलाइ हुँदा रामारोशन क्षेत्रको पर्यटन प्रवर्धनमा समेत प्रतिकूल असर परेको छ।सो सडकमा तीन वटा ठेक्का सम्झौता गरिएकोमा एकको काम पनि सन्तोषजनक छैन। थापाले भने, ‘माथिको सडकको ठेकेदार हिजो आज आएको छ। तर, प्रगति सन्तोषजनक छैन। काम गरे जस्तो मात्र गर्छन्। अहिलेसम्म सबै कालोपत्र हुनुपर्ने हो।’

अघिल्लो लेख वैशाख २० गतेदेखि हुने भनिएको एन्फा कप फुटबल प्रतियोगिता नहुने
अर्को लेख प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ पुल बन्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाप्रदेशबझाङबाजुराबैतडीराजनीतिराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशलाई एमालेले दिएको समर्थन फिर्ता

२०८१ असार २१, शुक्रबार १०:४६ गते
अछाम

अछाममा ३ जना जुवाडे पक्राउ

२०८१ कार्तिक १०, शनिबार ११:५७ गते
अछाम

राज्यमन्त्री चौधरीद्वारा कमलबजार एयरपोर्टको अवलोकन

२०८१ मंसिर ३, सोमबार १२:०० गते
अछाम

अछाम अस्पतालमा जटिल शल्यक्रिया सुरु

२०८१ मंसिर ११, मंगलवार १९:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?