यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार १३:४९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । धनगढी उपमहानगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूले शुक्रबार किताब बोकेर विद्यालय जानुपर्नेछैन। तर, उनीहरू शुक्रबार पनि समयमै विद्यालय जान्छन् । किनकि शुक्रबार ‘बुक फ्री फ्राइडे’ भएकाले अतिरिक्त क्रियाकलाप गरेर उनीहरूले व्यावहारिक ज्ञान सिक्दै आएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालमा “किताब बिहिन शुक्रवार” कार्यक्रम लागु भएको छ।

यही शैक्षिक सत्रबाट सञ्चालनमा आएको यस कार्यक्रममा मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीका लागि “किताब बिहिन शुक्रवार” कार्यक्रम लागु भएको हो। विद्यालयका कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीलाई हरेक शुक्रवार मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालिएको हो।

उपमहानगरपालिकाले काठमाडौंको गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग सहकार्य गरेर हरेक शुक्रवार अतिरिक्त सिप सिकाउन थालेको हो।

“शिक्षा सिपसँगै रोजगारी, हाम्रो जिम्मेवारी” भन्ने अभियान अन्तर्गत गुरू ईन्स्टिच्युटले धनगढीसँग सहकार्य गरेर विद्यार्थीहरूलाई मोबाइल, ल्यापटप, डेस्कटप मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालेको गुरु ईन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड इन्जिनियरिङका कार्यक्रम संयोजक इन्जिनियर रोशन श्रेष्ठले बताए। उनले विद्यार्थी विदेशिने क्रम रहेकाले विद्यार्थीहरूले सिप सिकेर स्वदेशमै रोजगारी गर्न र स्वरोजगार बन्न सकुन् भनेर कार्यक्रम लागु गरिएको बताए।

गुरु ईन्स्टिच्युटले उपमहानगरसँग सहकार्य गरेर ठेकराज माध्यमिक विद्यालयमा यो वर्ष भरी इच्छुक विद्यार्थीहरूलाई हरेक शुक्रवार विद्यालयमै गएर सिप सिकाउने छ ।

तालिम सफल र प्रभावकारी देखिए अर्को वर्षदेखि धनगढीका अन्य सामुदायिक विद्यालयमा समेत कार्यक्रम लागु हुने भएको छ। यो वर्ष ठेकराज माध्यमिक विद्यालयका कक्षा ७ देखि १२ सम्मका ३० जना विद्यार्थीलाई तालिम दिन थालिएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए। उनले हरेक शुक्रवार ४ घण्टाका दरले एक वर्षसम्म विद्यार्थीहरूलाई तालिम दिइने बताए।

अघिल्लो लेख गड्डाचौकीबाट ६ महिनामा चार सय बढी पर्यटक भित्रिए
अर्को लेख कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

२०८२ श्रावण ४, आईतवार ०९:४६ गते
कैलाली

बेहडाबाबा मन्दिरको गुरूयोजना सार्वजनिक, बाह्र करोड ६१ लाख खर्च लाग्ने

२०८१ श्रावण ७, सोमबार २०:३५ गते
कैलालीसमाचार

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

२०८२ जेष्ठ १३, मंगलवार १०:०८ गते
कैलालीप्रदेशसमाचार

धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्ष पाँच–पाँच लाख सहयोग, सार्वजनिक अभिव्यक्ति र तथ्यमा फरक

२०८२ असार २९, आईतवार १६:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?