यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १६, मंगलवार १६:३८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी: कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दै जाँदा मानवीय क्षति वर्षैपिच्छे दोहोरिन थालेको छ। 

पछिल्लो घटना गत मङ्गलबार राति भएको हो, जब भीमदत्त नगरपालिका–१४, वनकट्टीका नन्दलाल विष्टको घरमा हात्ती पसेर उत्पात मच्चायो र ४५ वर्षीया उनकी श्रीमती धनाको ज्यान लियो। 

कच्ची घर भत्काएर भित्र छिरेको हात्तीले पिठिउँ, कुम र खुट्टामा गम्भीर चोट पु¥याएको थियो, जसका कारण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो।

यसअघि पनि असोज २ गते बेलौरी नगरपालिका–३ का ६० वर्षीय श्रीप्रसाद आचार्यलाई पुष्पलाल स्मृति सामुदायिक वन नजिकै जङ्गली हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। यी दुवै घटना हाल कञ्चनपुरमा बढिरहेको मानव–वन्यजन्तु द्वन्द्वका प्रतिनिधि उदाहरण हुन्।

डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका तथ्यांक अनुसार पछिल्लो सात वर्षमा हात्तीको आक्रमणबाट १२ जनाले र बाघको आक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा ८ जना सख्त घाइते र १८ जना सामान्य घाइते बनेका छन्। आर्थिक वर्ष २०७६÷७७ मा तीन, २०७८÷७९ मा तीन, २०७९÷८० मा दुई, २०८१÷८२ मा दुई र हाल २०८२÷८३ मा पनि दुई जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको देखिन्छ।

शुक्लाफाँटा नगरपालिका–१ का बलदेव बोहोरा, नगरपालिका–१२ का धोजबहादुर कार्की र मथुरादेवी कार्की, लालझाडी–४ का रामदल राना, बेलौरी–६ का उमेश चौधरी र बेलौरी–३ का श्रीप्रसाद आचार्यलगायतले हात्तीको आक्रमणमा ज्यान गुमाएका छन्। त्यस्तै, बेलौरी–८ की गङ्गादेवी चन्द र दोधारा–चाँदनी–२ का २३ वर्षीय हीरा शाह बाघको आक्रमणमा परेका थिए।

हात्ती, बँदेललगायतका वन्यजन्तुको आक्रमणबाट वेदकोट–३ की पद्मा कुँवर, पुनर्वास–१० की लक्ष्मीदेवी जोशी, परी विष्टलगायत गम्भीर घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ। कञ्चनपुरको निकुञ्ज, मध्यवर्ती क्षेत्र र मोहना–लालझाडी कोरिडोरमा हात्तीको आक्रमण अन्य जनावरकोभन्दा धेरै हुने गरेको छ।

करिब ५० हात्तीमध्ये विशेषगरी दाह्रा नभएको भाले ‘मकुना’ र पुच्छर छोटो भएको ‘लेदे’ गरी दुई निष्कासित हात्तीले मानवीय क्षति बढाइरहेको निकुञ्ज कार्यालय बताउँछ। मातृसत्तात्मक रूपमा चल्ने हात्ती झुन्डबाट निकालिएका यस्ता हात्तीले परम्परागत बाटो र बासस्थान बिर्सँदा मानवबस्तीमा पस्ने र जनधनको क्षति गराउने गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले बताउँछन्। उनका अनुसार, हात्ती–मानव द्वन्द्व पछिल्ला वर्षमा तीव्र बनेको छ र हात्तीले हरेक वर्ष मान्छेको ज्यान लिईरहेको तथ्य आफैंमा चिन्ताजनक छ।
(गोरखापत्रबाट साभार)

अघिल्लो लेख महाधिवेशनका लागि समय कम भयो : नेता कोइराला
अर्को लेख शेयर बजारमा नेप्से र कारोवार दुबै सामान्य घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरस्वास्थ्य-शिक्षा

महाकाली प्रादेशिक अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री

२०८१ श्रावण ९, बुधबार १७:३० गते
कञ्चनपुर

कञ्चनपुरमा दम्पती हत्या प्रकरणः गंगारामले गरेका थिए धारिलो हतियार प्रहार

२०८१ मंसिर २१, शुक्रबार १३:३७ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ठुलो परिमाणमा खैरो हेरोइनसहित २ जना पक्राउ

२०८२ असार ७, शनिबार १०:५४ गते
कञ्चनपुर

कञ्चनपुरमा २३० परिवार बाढीबाट प्रभावित, ३५ परिवार उच्च जोखिममा

२०८१ मंसिर २८, शुक्रबार १०:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?