यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा २३० परिवार बाढीबाट प्रभावित, ३५ परिवार उच्च जोखिममा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा २३० परिवार बाढीबाट प्रभावित, ३५ परिवार उच्च जोखिममा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा २३० परिवार बाढीबाट प्रभावित, ३५ परिवार उच्च जोखिममा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २८, शुक्रबार १०:०४ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चुरेफेदीको बस्तीमा विपदजन्य गतिविधि बढ्दै जान थालेपछि बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन्।

बर्सेनि वर्षातका बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर चौधरीको घरसम्म बाढीको पानी पुग्ने गरेको छ। खोला र जमिनको सतह बराबर भएपछि खोलाको पानी घरसम्म पुग्न थालेको छ। दुई वर्षदेखि बेलडाँडीमा वनहरा नदी र अनौखी खोलाको बाढी पस्न थालेको हो।

गत वर्ष चुरेमा वर्षा हुँदा राति १ बजे बजेको समयमा बाढी आउँदा किसानले पशुपक्षीलाई सुरक्षित स्थानमा सार्न नसक्दा ठूलो क्षति बेहोर्नुपरेको थियो। बेलडाँडीको पूर्वतर्फ वनहरा र पश्चिमतर्फ अनौखीखोला छ। गाउँको उत्तरतर्फको भालुखोला पहिला निकै गहिरो थियो। वर्षाको पानी त्यही खोलामा बगेर जान्थ्यो। हाल चुरे क्षेत्रमा मानवीय गतिविधि बढ्दै गएपछि पहिरो जाँदा त्यो खोला पूरै पुरिएको स्थानीय मोतिराम चौधरी बताए।

अहिले चुरे क्षेत्रमा निरन्तर जाने पहिरोले खोलानाला पुरिएपछि बाढीको पानी बस्तीमा पुगेर डुबान गर्न थालेको छ। अवैज्ञानिक रूपमा चुरे क्षेत्र नजिकका खोलानालाबाट ढुङ्गा, बालुवा, ग्राभेल, माटोलगायत उत्खनन्को काम हुन थालेको अर्का स्थानीय वीरबहादुर चौधरीले बताए। जग्गा कटानी रोक्न गत वर्ष दुई लाखको लगानीमा अनौखीखोलामा नगरपालिकाले तटबन्ध निर्माण गरे पनि यस वर्षको बाढीले तटबन्ध नै बगाएर लगेको उनले बताए।

बढ्दै गएको बाढीजन्य विपद्को सामना गर्न कुनै पनि निकायबाट प्रभावकारी काम नहुँदा चुरे क्षेत्र नजिकका बस्ती केही वर्षभित्र मरुभूमिमा परिणत हुने उनको भनाइ छ। उर्वर जग्गा प्रत्येक वर्ष बालुवा, ढुङ्गा, गेग्रानले पटान हुँदै जान थालेपछि विगतको जस्तो खेती हुन छाडेको मानबहादुर चौधरीले बताए। उनका अनुसार खेतकै अन्नले वर्षभरि खान पुग्ने परिवार हाल खान नपुगेर भारतलगायत देशमा मजदुरी गर्न जान थालेका छन्।

केही परिवार बस्ती नै छाडेर अन्यत्र बस्न थालेका छन्। खोला नदीमा थुप्रिएको नदीजन्य पदार्थको व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन्। नदीजन्य पदार्थ धेरै वर्षदेखि नउठाइँदा समस्या आएको मनोज चौधरीले बताए। वर्षाको बाढीको पानी बग्ने ठाउ साँघुरिँदै जाँदा र पुरिँदा समस्या भएकाले तत्काल नगरपालिकाले ठेक्का प्रक्रियामार्फत नदीजन्य पदार्थ उठाउने व्यवस्था गर्नुपर्ने उनले बताए।

तीन दशक अघिसम्म जिल्ला विकास समितिले नदीजन्य पदार्थ उठाएर सडक निर्माणका कार्यमा प्रयोग गर्दै आएको थियो। जिल्ला विकास समिति विघटन भएपछि नदीजन्य पदार्थ उठाइएको छैन। वर्षामा बाढीको पानी गाउँ पस्दा बेलडाँडी गाउँका २३० परिवार प्रभावित भएका छन्। जसमध्ये ३५ परिवार बाढीको उच्च जोखिममा छन्।

शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले केही नदीमा नदीजन्य पदार्थको व्यवस्थापन गर्न गौँडी र अनौखीखोलाको ठेक्का प्रक्रियाको काम अगाडि बढेको बताए। बाढीजन्य विपद्का घटना भइरहेका अन्य क्षेत्रको अध्ययन गरी बस्ती पनि सुरक्षित रहोस्, नदीजन्य पदार्थको वैज्ञानिक तरिकाले व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर काम अगाडि बढाउन नगरप्रमुख, उपप्रमुखलगायत कार्यपालिका सदस्यसँग छलफल गरी कार्य अगाडि बढाउने उनको दाबी छ। चुरे विनास रोक्न ठोस योजना बनाइने उनको भनाइ छ।

अघिल्लो लेख दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव दर्ता
अर्को लेख एनपिएल हेर्न नेपाल‌ आइपुगे ब्रायल लारा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

२०८१ मंसिर १६, आईतवार ०८:११ गते
कञ्चनपुरगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा जमेको पानीमा डुबेर २ किशोरीको मृत्यु, एक बेपत्ता

२०८१ असार २४, सोमबार १६:५० गते
कञ्चनपुरराष्ट्रियसमाचार

कञ्चनपुरमा मौसम सुधार भएसँगै बाढीपीडित घर फर्कँदै

२०८१ असार २५, मंगलवार १३:५४ गते
कञ्चनपुर

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८१ माघ २, बुधबार १०:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?