यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खसी–बोका बिक्री हुँदा कैलालीका किसान किसान खुसी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खसी–बोका बिक्री हुँदा कैलालीका किसान किसान खुसी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

खसी–बोका बिक्री हुँदा कैलालीका किसान किसान खुसी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १३, सोमबार १४:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी बोका बिक्री गर्न भ्याइनभ्याइ छ।

दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै उनी खुसी छन्। थापाले भने, गाउँमा खसी बोकाको त्यति माग नहुने भएपछि सहरमा ल्याएर बिक्री गरिरहेको छु। माग राम्रै छ, आम्दानीले घर खर्च चलाउन सहज हुँदैछ। उनको खोरमा १५० गोटासम्म खसीबोका छन्। हाल विशेष गरी बोकाको माग राम्रो भइरहेको र जिउँदो बोका प्रतिकिलो ५५० का दरमा बिक्री गर्ने गरेको थापाले सुनाए।

उनले धनगढीमा ८० बोका ल्याएर घुम्ती व्यापार गरिरहेका छन्। चुरे गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत बाख्रपालन, फलफूल र तरकारीखेती हो, तर पछिल्ला वर्षमा जङ्गलमा चर्न जाने बाख्रालाई बाघले खाने समस्या बढ्दा हामी चिन्तित छौँ। चुरे गाउँपालिकाका किसानले खोरमा कम्तीमा २० देखि बढीमा १५० गोटासम्म बाख्रापालन गरिरहेको बताइएको छ।

व्यापारी दुर्गाबहादुर खम्जालीले चुरे क्षेत्रका खसी–बोकाको माग काठमाडौँ र पोखरासम्मका व्यापारीबाट आउने गरेको बताए। पछिल्लो समय बलि दिने परम्परामा कमी आउन थालेको र साकाहारी हुनेको सङ्ख्या बढ्दै जाँदा विगतका जस्तो माग भने नरहेको उनको भनाइ छ। चुरे गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ। बडादसैँको समयमा यो क्षेत्रमा पालिएका खसी–बोकाको माग बढी हुने गरको छ।

बाख्रापालन व्यवसायका लागि चुरे क्षेत्रलाई सरकारले पकेट क्षेत्र घोषणा गरे पनि सहयोग नपाइरहेको कृषकको गुनासो छ। “सरकारले बख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ, तर कुनै किसिमको सहयोग गर्दैन, किसानले दर्ता भएको फर्मअनुसार कर मात्र तिर्दै आएका छौँ”, अधिकांश किसानको गुनासो छ। चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन, फलफूल, अदुवा र बेसारको खेती रहेको छ।

अघिल्लो लेख तुइनखोलामा फेरि खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध
अर्को लेख कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा धार परिवर्तन गरेर बस्तीमा पस्यो चौधर नदी

२०८१ असार २७, बिहीबार १९:५१ गते
बाजुरासमाचार

बाजुरामा एक वृद्ध मृत फेला

२०८२ जेष्ठ ५, सोमबार ११:०९ गते
राष्ट्रिय

फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो

२०८१ चैत्र ६, बुधबार १७:२० गते
राजनीति

समाजवादी मोर्चाको बैठक आज बस्ने

२०८१ माघ २, बुधबार १०:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?