काठमाण्डौं :न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स बुधबार नेपालको औपचारिक भ्रमणमा आउँदैछन्।
उनी दिउँसो साढे १२ बजे काठमाण्डौं आइपुग्ने परराष्ट्र मन्त्रालयका सूचना अधिकारी नितेश सापकोटाले जानकारी दिए।
उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। त्यसैगरी उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।
दुईदिने भ्रमण सकेर उनी बिहीबार नै फर्किनेछन्।





