यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २३ वर्षमा एक हजारभन्दा बढी विज्ञ उत्पादन गर्‍यो न्याम्सले
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २३ वर्षमा एक हजारभन्दा बढी विज्ञ उत्पादन गर्‍यो न्याम्सले
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

२३ वर्षमा एक हजारभन्दा बढी विज्ञ उत्पादन गर्‍यो न्याम्सले

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २३, मंगलवार १५:२७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :सरकारी क्षेत्रबाट सबैभन्दा धेरै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मंगलबार २३ औँ स्थापना दिवस बनाएको छ।

न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्रकुमार बस्नेतले ​एमडीएमएस र डीएमएमसीएच साथै नर्सिङतर्फ विभिन्न विषयमा ३ हजार ६०० भन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको बताएका छन्।

न्याम्सका उपकुलपति बस्नेतले विभिन्न विधामा हालसम्म ३ हजारभन्दा बढी स्वास्थ्य क्षेत्रका विज्ञहरूको उत्पादन न्याम्सले गरिसकेको बताए।

उपकुलपति डा.बस्नेतका अनुसार हालसम्म न्याम्सले एमडीएमएस गरेका १ हजार ५०० बढी, डीएम एमसीएच गरेका १५०‚ नर्सिङ १ हजार ६०० जनालाई विज्ञ बनाइसकेको छ। हाल न्याम्स अन्तर्गका अस्पतालरप्रतिष्ठानहरूमा विभिन्न विधामा करिब १ हजार ५०० पढिरहेका छन्।

यस वर्षदेखि न्याम्सले थप ६ वटा अस्पतालसँग पठनपाठनका लागि नयाँ एमओयू गरेको छ जसले गर्दा हाल न्याम्ससँग २४ वटा अस्पतालले सम्बन्धन लिएर शैक्षिक कार्यक्रम चलाइरहेको छ। नेपालमा डीएम एमसीएचमा सबैभन्दा बढी विषयमा पढाइ न्याम्समै हुने गर्छ। हाल न्याम्सअन्तर्गत १० वटा विषयमा डीएम र ६ वटा विषयमा एमसीएच कार्यक्रम चलिरहेको छ।

गत वर्षसम्म न्याम्सले १०७ पीजी सिट पाएको थियो। यो वर्ष बढेर २४४ पुगेको छ। चिकित्सा शिक्षा आयोगले वार्षिक १२ सय जति एमडीएमएस पढाउँदै आएको छ‚ जसमा ५ सय जति सरकारी छात्रवृत्तिमा पढ्छन्‚ तीमध्ये सबैभन्दा धेरै (वार्षिक ४ सय) जति छात्रवृत्ति कोटामा एमडीएमएस पढ्नेहरू न्याम्सअन्तर्गत नै अध्ययन गर्दै आएका छन्।

यसले गर्दा न्याम्सलाई गरिबहरूले अध्ययन गर्ने ठूलो सरकारी चिकित्सा क्षेत्रको शैक्षिक संस्था भनेर पनि बुझिन्छ।

विस २०६३ सालमा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी/एमएस) का साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि निरन्तर सञ्चालन गर्दै आएको छ।

न्याम्सले वीर सहित मुलुकका ठूला अस्पताललाई समेत साथमा लिएर एमडी/एमएसका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसमा बालरोगका लागि कान्ति अस्पताल, स्त्रीरोगको परोपकार प्रसूति अस्पताल, मानसिकका लागि पाटन अस्पताल, सिभिल अस्पताल, मुटुरोगका लागि गंगालाल सहित उपत्यका बाहिरका विभिन्न अस्पतालमा समेत शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

त्यसैगरी आँखारोगका स्नातकोत्तर कार्यक्रम त्रिपुरेश्वर आँखा अस्पताल, तिलगंगा, भैरहवाको रणअम्बिका र भरतपुरमा समेत कार्यक्रम सञ्चालनमा रहेका छन्।

अघिल्लो लेख हेमोफिलियाको औषधि आइपुग्यो‚ १४ सरकारी अस्पतालमार्फत निःशुल्क वितरण गरिने
अर्को लेख राजसंस्था आन्दोलनबाट होइन छलकपटबाट फालिएको हो : ज्ञानबहादुर शाही
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

गोरखाबाट काठमाडौं हिँडेको बस सम्पर्कविहीन

२०८१ आश्विन १३, आईतवार ०९:०० गते
अन्तर्राष्ट्रियसमाचार

मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कमा दुर्घटना : दुई जनाको ज्यान गयो, १९ जना घाइते

२०८२ जेष्ठ ४, आईतवार ११:२९ गते
खेलकुद

खो–खो विश्वकपमा नेपाली पुरुष टोलीको तेस्रो जीत

२०८१ माघ ३, बिहीबार १३:३९ गते
राष्ट्रिय

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

२०८१ श्रावण २४, बिहीबार १८:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?