यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १६, मंगलवार १३:२२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

सोलुखुम्बु –सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने सोलुखुम्बुको लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।

खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नम्बर–२ सुर्केसम्म १६ करोड रुपैयाँको लागतमा २५ किलोमिटर सडक निर्माण भएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि शुरू भएको थियो ।

परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना–सिल्क पावर र दूधकोशी छैटौंसँग साझेदारी गरेको छ । दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ ।

दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नम्बर–२ का अध्यक्ष आङफुर्वा शेर्पाले बताए । यसले मालवाहक र अन्य गाडीलाई सहजै सुर्केसम्म पुर्‍याउन सम्भव बनाएको छ ।

स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन् ।

मौसमका कारण हवाई उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्याको पनि अब अन्त्य हुने व्यवसायीको धारणा छ । स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

अघिल्लो लेख काठमाण्डौं–तराई ‘फास्ट ट्र्याक’ मा वैकल्पिक व्यवस्थाबाट बिजुली दिने प्राधिकरणको तयारी
अर्को लेख जनकपुरमा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने चेतावनी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

तीनकुनेमा तीन वटा गाडी ठोक्किँदा एक महिलाको मृत्यु

२०८२ बैशाख २५, बिहीबार ०८:३४ गते
राष्ट्रियसमाचार

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

२०८२ भाद्र २०, शुक्रबार ११:०६ गते
राष्ट्रिय

हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय आयोग गठन

२०८१ श्रावण २३, बुधबार १९:१९ गते
राष्ट्रियसमाचार

सर्लाही रेडक्रसको एम्बुलेन्समा गाँजा तस्करी

२०८२ मंसिर २१, आईतवार १३:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?