यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा गहुँको उत्पादन घट्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा गहुँको उत्पादन घट्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीराष्ट्रियसुदूरपश्चिम प्रदेश

डोटीमा गहुँको उत्पादन घट्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २८, शुक्रबार १९:५८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

डोटी । पछिल्लो समय डोटीमा गहुँको उत्पादन घट्दै गएको छ ।

कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १४ हजार २९८ हेक्टर जमिनमा गहुँ लगाइएकोमा २४ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएमा, आर्थिक वर्ष २०७९/०८० मा डोटी जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा २३ हजार ५६८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा गहुँ उत्पादनका लागि लगाइएको जमिनको क्षेत्रफल र गहुँ उत्पादन दुबै घटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा डोटीमा १२ हजार २९० हेक्टर क्षेत्रफल १७ हजार ४५२ मेट्रिक टन मात्रै गहुँ उत्पादन भएको छ ।

समयमा नै पानि नपरेर लगातारको खडेरी, पर्याप्त सिँचाइको अभाव, तरकारी खेती प्रतिको आकर्षण, जङ्गली जनावरले खेती नष्ट गर्ने प्रवृती, बाझो जमिन राख्ने क्रम लगायतका कारण जिल्लामा गहुँ उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थी बताएका छन् ।

निमित्त कार्यालय प्रमुख अवस्थीले भने, ‘‘लामो समयसम्म आकाशे पानी नपर्दा उच्च लेकाली भेगमा जमिन अत्याधिक सुख्खा भएका कारण पर्याप्त गहुँ उत्पादन हुन सकेको छैन । समय समयमा गहुँमा सुख्खा खडेरीका कारण सिन्दुरे रोग देखा पर्नु, जङ्गली जनावरले गहुँ बालीमा नोक्सानी गर्नु, ग्रामीण क्षेत्रमा भइरहेको बसाइसराई, वैदेशिक रोजगारीका लागि यूवा पलायन लगायतका कारण पछिल्लो समयमा गहुँको उत्पादन घट्दै गएको छ ।’’

जिल्लामा पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खेती योग्य जमिन बाझो राख्ने क्रम समेत बढ्दै गएको छ । डोटी जिल्लामा ३२ हजार २७६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २५ हजार पाँच सय हेक्टरमा खेती खेति गरिँदै आएको बताइएको छ । पहिला पहिला गाउँघरमा जमिन बाझो राख्ने चलन थिएन । जङ्गल फडानी गरेर समेत गहुँ लगाउथ्यौं ।

डोटीको पूर्वीचौकी –२ बग्लेगका भिमबहादुर ठकुल्लाले भने, ‘‘आजभोली खेती गर्ने मान्छे पनि गाउँमा धेरै छैनन् । उत्पादन पनि त्यती हुँदैन । अरु नै खेती गरेर गहुँ किनेर खान फाइदा त्यही भए पनि हाम्रो तिर गहुँ उत्पादन घट्दै गएको हो ।’’ -गाेरखापत्रबाट

अघिल्लो लेख फाइल खोलेको २४ घण्टामा सरकार ढालियो : लामिछाने
अर्को लेख सुदूरपश्चिमको विपत् प्रतिकार्य कार्ययोजना तयार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती

२०८२ आश्विन १४, मंगलवार १३:३५ गते
कञ्चनपुर

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष ५, शुक्रबार १०:०२ गते
कैलाली

लगातार तेस्रोपटक सर्वोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायाङ्कन अवार्ड दया शंकर चौधरीलाई

२०८१ मंसिर ६, बिहीबार ०८:२१ गते
कैलाली

धनगढीमा एयर होस्टेजमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ

२०८१ श्रावण १६, बुधबार १७:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?