यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार १०:०० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :वैदिक शास्त्रका अध्येताहरूले वैदिक कालगणना पद्धति अवलम्बन गरे हरेक वर्ष चाडपर्वमा देखिने गरेको विवाद अन्त्य हुने बताएका छन्।

वैदिक नववर्ष (कलिसंवत्) ५०९० का अवसरमा आइतबार बुढानीलकण्ठ–६ हात्तीगौँडा ब्रह्मपुरीस्थित स्वाद्ध्यायशालामा आयोजित कार्यक्रममा उनीहरूले हरेक वर्ष दशैँतिहारलगायत चाडपर्वमा देखिँदै आएको विवाद वैदिक कालगणनाअनुरूपको पात्रोबाट मात्र समाधान हुने बताए।

कार्यक्रममा वैदिक तिथिपत्रम् (पात्रो) का सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले वैदिक तिथि अहोरात्र हुने बताए। एक सूर्योदयदेखि अर्को सूर्योदय नभएसम्म एउटै तिथि हने भएकाले चाडपर्व मनाउँदा अहिलेजस्तो समस्या नहुने उनले जानकारी दिए। वर्षमा कृष्णपक्षका ६ वटा तिथि टुट्ने उनले बताए।

कौण्डिन्न्यायनले शिशिर ऋतुकै छेको पारेर विभिन्न जातजातिले मनाउने नयाँवर्ष पनि वैदिक कालगणनाबाटै प्रभावित भएको दाबी गरे। ‘शिशिर ऋतु आसपास नयाँवर्ष मनाउने चलन वैदिक कालगणना सिद्धान्तसँग सम्बन्धित रहेको देखिन्छ’, उनले भने, ‘ल्होसार र माघी जस्ता विभिन्न समुदायमा मनाइने नयाँ वर्ष पनि वैदिक नववर्षबाटै प्रभावित हुन्।’

कार्यक्रममा स्वाद्ध्याशालाका आमोदवर्धन कौण्डिन्यायन, सुमोदवर्धन कौण्डिन्न्यायन, डा.सुमोद आचार्य र प्रियंवदा काफ्ले आचार्यलगायतले वैदिक कालगणना र वैदिक पात्रोको महत्त्वबारे प्रवचन दिएका थिए।

मूल वैदिक परम्पराका अनुयायीले तपः महिनाको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष मनाउने गरेका छन्। त्यसैअनुरूप यसपटक आइतबार (मार्गशीर्ष शुक्ल प्रतिपदा) मा वैदिक नववर्ष परेको हो।

सौरचान्द्र उत्तरायण शिशिर ऋतु प्रारम्भ हुने दिन वैदिक नववर्ष मनाइन्छ। आइतबार पाँच वर्षे युगको पाँचौँ वर्ष वत्सर तथा अनल नामक वर्षको प्रारम्भको दिन भएको वैदिक पात्रोका सम्पादक कौण्डिन्न्यायनले जानकारी दिए।

स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक कालगणनामा आधारित वैदिक तिथिपत्रम् (पात्रो) प्रकाशन गर्दै आएको छ।

अघिल्लो लेख धनगढीमा एक युवतीसहित ४ जना पक्राउ
अर्को लेख नसर्ने रोग नियन्त्रणका लागि हरेक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक

२०८२ असार २७, शुक्रबार १०:३० गते
राष्ट्रियसमाचार

पशुपतिमा दशकपछि पश्चिमी बाहिरी ढोका खुला

२०८२ पुष ४, शुक्रबार ११:१२ गते
राष्ट्रियसमाचार

गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या, अर्को सूचना नआएसम्मका लागि सबै सेवा बन्द

२०८२ असार २०, शुक्रबार १४:५० गते
राष्ट्रियसमाचार

काठमाण्डौं महानगरपालिकाको सीप मेला आजदेखि शुरू हुँदै

२०८२ जेष्ठ ७, बुधबार १३:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?