यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २२, बिहीबार १५:४२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं – अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनलाई अन्तिम रूप दिइरहेको बताएका छन् ।

अस्ट्रेलियाले एक उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गरिरहेको छ जसले बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूको पहुँचबाट रोक्न मद्दत गर्दछ । यो कानून ढिलोमा अर्को वर्षको अन्तिमदेखि लागू हुने प्रधानमन्त्री अल्बानिजले बताएको अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ ।

उनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा हुने जोखिमहरू उल्लेख गरेका छन् । सामाजिक सञ्जालको गलत प्रयोगले बालिकाहरू यौन शोषणमा परिरहेको र बालकहरूको विकासमा पनि समस्या सिर्जना भएको अस्ट्रेलियाका प्रधानमन्त्रीले बताउका छन् ।

सामाजिक सञ्जाल बालबालिकाका लागि डिजिटल निकोटिन भएको महान्यायाधिवक्ता ब्रायन श्वालको जिकिर छ । विपक्षी लिबरल पार्टीले प्रतिबन्धको समर्थन व्यक्त गरेको छ ।

नयाँ कानूनले अभिभावकको सहमति भएका वा पहिले नै खाता भएका बालबालिकालाई पनि कुनै छुट नदिइने स्पष्ट पारेको छ । अस्ट्रेलियाका सञ्चारमन्त्री मिशेल रोल्यान्डले फेसबुक, ट्विटर अर्थात् एक्स, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जाल अब बालबालिकाले प्रयोग गर्न नपाउने स्पष्ट पारेका छन् ।

अहिलेसम्म केही देशहरूले कानूनमार्फत बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग रोक्ने प्रतिज्ञा गरिसकेका छन् । यद्यपि अस्ट्रेलियाको नीति सबैभन्दा कडा छ । फ्रान्सले गएको वर्ष १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो । यद्यपि प्रयोगकर्ताहरूले अभिभावकको सहमतिमा चलाउन पाएका छन् ।

अघिल्लो लेख ५० ओभरको क्रिकेट अझै धेरै खेल्नुपर्ने देखियो : कप्तान रोहित
अर्को लेख डडेल्धुराको गन्यापधुरामा कैलपाल जाँत, आज र भोलि मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकाको केन्टकीमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

२०८१ फाल्गुन ६, मंगलवार १०:३३ गते

रोहित शर्मा र विराट कोहलीले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२०८१ असार १६, आईतवार १०:१२ गते
अन्तर्राष्ट्रिय

उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु

२०८१ कार्तिक १३, मंगलवार १७:२९ गते
अन्तर्राष्ट्रिय

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

२०८१ माघ २४, बिहीबार १०:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?