यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घोडाघोडीमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घोडाघोडीमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

घोडाघोडीमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १३, मंगलवार १०:५७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ।

साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँगै स्थानीयलाई सहज भएको हो।

आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयलाई टाढा जानुपर्ने बाध्यता हटेको छ। बिरामी हुँदा टाढा जानुपर्ने बाध्यता हटेपछि समय र पैसा पनि बचत भएको घोडाघोडी–६ का कृष्णबहादुर विकले बताए। ‘आफ्नै गाउँ नजिकै धेरै सेवा लिन पाउँदा खुसी लागेको छु, उनले भने, ‘अब धनगढी, नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्यो।’

कम लागतमा सबै खालका सेवा स्थानीय स्तरमा पाएकामा देवसिंह विष्टले खसी व्यक्त गरे। पहिले उपचार गर्नका लागि टाढा जानुपथ्योु, उनले भने, ‘उपचार गर्न टाढा जाँदा गाडी भाडामै धेरै खर्च हुन्थ्यो, अब भने सहज भएको छ।’

नगर अस्पतालमा सर्पदंश, रेविज, प्रयोगशाला, प्रसूतिलगायत आकस्मिक सेवा सञ्चालन भइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए। उनका अनुसार हाल अस्पतालमा तीनजना एमबिबिएस डाक्टरसहित नर्सिङ हेल्थ असिस्टेन्ट, नर्स, अहेव, अनमी, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र नगर एम्बुलेन्ससहितको सेवा सञ्चालनमा रहेको छ।

नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढ्दै गएको नगर अस्पतालका चिकित्सक सरोज श्रेष्ठले बताए। उनका अनुसार दैनिक ५० देखि एक सय जनासम्म बहिरङ्ग (ओपिडी) मा सेवा लिन आउने गरेका छन्। नगर अस्पतालमा स्वास्थ्य बिमा पनि सुरु गरिएको भन्दै सोही कारण बिरामीको सङ््ख्या पनि बढेको उनले बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोहीअनुरूप घोडाघोडी नगरपालिकाले पनि वडा नम्बर २ साडेपानीमा पनि १५ श्ययाको नगर अस्पताल बनाउने निर्णय भएको थियो। अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माणको काम अघि बढाइएको थियो जमिनको भोगाधिकारका कारण भवनको जगमात्रै बनेर रोकिएको छ।

भवन निर्माण रोकिए पनि साडेपानी स्वास्थ्यचौकीको भवनमार्फत सेवा दिइरहेको घोडाघोडी नगपालिकाका प्रमुख खड्कबहादुर रावतले बताए। ‘यहाँका जनतालाई सहज स्वास्थ्य सेवा पहुँच पु¥याउने नगरको पहिलो प्राथमिकतामा छु, उनले भने, ‘नगर अस्पतालबाट सेवा पाउँदा स्थानीयलाई सहज भएको छ।’ उनका अनुसार चाँडै अलपत्र रहेको निर्माणाधीन नगर अस्पतालको भवन सम्पन्न गरी थप सेवासमेत विस्तार हुनेछ। रासस

अघिल्लो लेख कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
अर्को लेख कैलालीबाट झन्डै ४ लाख बढीको सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलाली उद्योग वाणिज्य संघको चुनाव: को जिते, को हारे ? [नामसहिते]

२०८२ आश्विन २६, आईतवार १३:३६ गते
कैलाली

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

२०८१ आश्विन ६, आईतवार ११:५२ गते
कैलालीराजनीति

सुदूरपश्चिममा कर उठाउने बाटो खोल्न अध्यादेश ल्याइँदै

२०८१ श्रावण २३, बुधबार १८:१४ गते
कैलालीगृहसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०८१ असार २२, शनिबार १८:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?