धनगढी –धनगढीमा जारी सांस्कृतिक महोत्सवमा आज लोकप्रिय गायक सुप्रिम मल्ल आउने भएका छन्।
राष्ट्रिय संगीतकर्मी संघ, सुदूरपश्चिम प्रदेशको आयोजना धनगढीको खुल्ला मञ्चमा चलिरहेको उक्त महोत्सवमा आज सुप्रिम मल्लसहित विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको छ।
आज असोज ८ गते महोत्सवमा कलाकार लाल बहादुर थापा, हास्य कलाकार प्रेम पौडेल, लोकदोहरी गायिका निर्मला भण्डारी, मोडेल कोपिला सिह लगायत कलाकारहरूको प्रस्तुति रहने भएको छ।





