धनगढी – कैलालीमा वन मुद्दाका फरार १ जना पक्राउ परेका छन्।
वन मुद्दामा फरार रहेका गोदावरी नगरपालिका–४ बास्कोटा बस्ने ५९ वर्षीय भालुराम चौधरी पक्राउ परेका हुन।
जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा ४४ हजार २८८ जरिवाना ताकेपछि उनी फरारा रहेका थिए। चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।




