गिरिजा प्रसाद पनेरु, रुपाल –डडेल्धुराको भागेश्वर गाउँपालिका-१, रुपाल, पत्रममा रहेको कैलपाल माविमा भलिबल प्रतियोगिता हुने भएको छ।
रुपालको पत्रममा रहेको कैलपाल माध्यमिक विद्यालयमा यही कार्तिक १५ र १६ गते दुई दिने भलिबल प्रतियोगिता हुने भएको हो।
खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले कार्तिक १४ गतेसम्म टिम दर्ता गर्न विद्यालयले प्रकाशित गरेको एक सूचनामा उल्लेख गरिएको छ।
कैलपाल माविको खेल मैदानमा हुने भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार नगदसहित मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ।
यस्तै प्रतियोगिताको दृतीय पुरस्कार १० हजार नगदसहित मेडल र प्रमाणपत्र रहेकाे छ भने तृतीय पुरस्कार ६ हजार नगदसहित मेडल र प्रमाणपत्र रहेको विद्यालयका शिक्षक शङ्कर दत्त भट्टले बताएका छन्।
प्रतियोगितामा सहभागी हुने खेलाडीले खाना र बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने आयोजकले जनाएको छ।
उक्त प्रतियोगिता गर्नका लागि आवश्यक पर्ने आर्थिक सहयोग संकलनका लागि विद्यालयका पूर्व विद्यार्थी मोहन सिंह ठकुराठीलाई गत असोज १५ गते विद्यालयले जिम्मेवारी दिएको थियो। उक्त अभियान पनि निरन्तर चलिरहेको छ।

तस्बिर : आर्थिक सहयोग संकलनका लागि ठकुराठीलाई गत असोज १५ गते विद्यालयद्धारा अनुमति प्रदान

भलिबल प्रतियोगिताबारे विद्यालयद्धारा प्रकाशित सूचना





