काठमाण्डौं – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले हालै गएको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको बताउका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै उनले व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।
मन्त्री दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्ग खुलाउन काम तीव्ररुपमा भइरहेको र यसका लागि भाडामा निजी निर्माण उपकरण लिएर समेत काम भइरहेको जानकारी दिए ।
उनले हवाई जहाज कम्पनीले अत्याधिक भाडा लिएको गुनासो आएको र त्यसो नगर्न आग्रह गरेको बताए । बैठकमा सांसद्हरुले छिटोभन्दा छिटो राजमार्ग खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।





