धनगढी – धनगढीका समस्या समेटिएको पुस्तक “डिकोडिङ्ग धनगढीज् सोरोज्” भोलि सार्वजनिक हुने भएको छ ।
ब्याग्स अफ होप संस्थाद्धारा उक्त पुस्तक भोलि निर्माण व्यवसायी सँग कैलालीको सभाहलमा बिहान ८ बजे सार्वजनिक गरिने भएको हो ।
धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरुमा पुगेर स्थानीय समस्याहरु संकलन गरिएको उक्त चित्र पुस्तक सार्वजनिक गर्नलागेको कार्यक्रमका संयोजक दिपेश बोहोराले जानकारी दिएका छन् ।
कार्यक्रममा धनगढीसँग सम्बन्धित विभिन्न तहका राजनितिक नेतृत्वहरुलार्इ बोलाइएको छ । यसले धनगढीको समस्याहरु प्रति राजनितिक नेतृत्व सचेत छ भनेर सन्देश जाने र समस्याहरुको समाधानका लागि पनि पहल हुने ब्याग्स अफ होपका अध्यक्ष नितिश जोशीले बताएका छन् ।





