धनगढी –कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ हजार बाँसका बिरुवा रोप्ने भएको छ।
उपमहानगरभित्रका चार वडाको नदी तटीय क्षेत्रमा बाँसको बिरुवा रोपिन लागिएको हो।
नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गर्न बाँस रोप्न लागिएको छ। मोहना र खुटिया नदीको तटिय क्षेत्रमा बाँस रोपेर जैविक तटबन्धन निर्माण गर्ने र स्थानीयको आयआर्जनमा टेवा पुगाउने लक्ष्य राखिएको छ।
बाँस हुर्किएपछि स्थानीयले बाँस प्रयोग गरेर विभिन्न सामग्री बनाउन पाउने र बिक्री गरेर आर्थिक लाभ समेत लिन पाउने उपमहानगरले जनाएको छ।
उपमहानगरले चालु आर्थिक वर्षमा नदीको किनार ३० किलोमिटर क्षेत्रमा ६ हजार बाँस, ६ हजार ६ सय अम्रिसो र ६ हजार ६ सय नेपियरका बिरुवा रोपेर जैविक तटबन्धन गरिने जनाएको छ।





