बैतडी –करेन्ट लागेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका ९ बाजपानीका १२ वर्षीय वसन्त बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
शुक्रवार मध्याह्न करिब १२ बजेको समयमा स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बोहराको भुईंमा लत्रिएको विद्युत तारमा छुन गई करेन्ट लागेर मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।





