यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २१, शुक्रबार ०८:५७ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन।

व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन्। 

बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ।

‘ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाइएको छ। लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवातजावत गर्न समस्या हुन्छ’, स्थानीय डम्बर कार्कीले भने, ‘कल्भर्ट चाँडै बनाइदिए सजिलो हुन्थ्यो।’

गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको थियो। त्यसपछि सुडाचोकमा राजमार्ग भएर हुने आवातजावत नै ठप्प भएको थियो। 

कल्भर्ट भत्किएपछि राजमार्ग नजिकैको गाउँको वैकल्पिक बाटोबाट सवारीसाधन चलेका थिए। एक लेनको गाउँको सडकमा सवारीसाधन अत्यधिक चाप हुन थालेपछि दुर्घटनाको जोखिमले स्थानीयले गाउँको वैकल्पिक बाटोबाट गाडी चल्न दिएनन्।

त्यसपछि कल्भर्ट भत्किएको नजिकै राजमार्गमै ह्युप पाइपमाथि ग्राभेलिङ भरान गरेर वैकल्पिक बाटो तयार पारिएपछि हाल सोही बाटो भएर यातायातका साधन सञ्चालन भइरहेका छन्। सवारीको चाप अत्यधिक हुनाले वैकल्पिक कच्ची बाटो धुलाम्मे हुने गरेको छ। सदरमुकाम महेन्द्रनगर आवतजावत गर्ने यात्रु र नजिकै बसोबास गर्ने स्थानीय तथा व्यापारी सडक धुलाम्मे हुँदा सास्ती भोगिरहेका छन्।

चाँडै कल्भर्ट निर्माण नहुँदा धुलाम्मे बाटोमै जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको अटोचालक लालबहादुर विष्ट बताउछन्। ‘सवारी तथा मालवाहक गाडी सबै त्यस्तै बाटो हुइकिन्छन्। गाडीको चाप र धुलो उड्ने हुनाले दुर्घटनाको जोखिम पनि भएकाले डराएर सवारी चलाउनुपरेको छ’, उनले भने, ‘धुलो उडेर राम्रोसँग बाटो नै देखिँदैन।’

सरकारले महेन्द्र राजमार्गमा भत्किएको ठाउँमा तत्काल कल्भर्ट निर्माण गरेर आवतजावत सहज बनाउनुपर्ने स्थानीयको माग छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलका अनुसार भत्किएको ठाउँमा कल्भर्ट निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ।

‘सर्भे, डिजाइन निर्माण र कागजपत्र मिलान गर्नुपर्दा कल्भर्ट पुनःनिर्माणको काम केही ढिलाइ भएको हो। अहिले प्राविधिक टोलीले डिजाइन दिएका छन्’, उनले भने, ‘त्यसको अध्ययन गरेर भदौ अन्तिमतिर डिजाइनले पूर्णता पाउँछ। त्यसपछि ठेक्का प्रक्रियामा गएर निर्माणको काम अघि बढ्छ।’

भत्किएको कल्भर्टको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर अहिले डिजाइनको खेस्रा तयार गरेको छ। विज्ञप्राविधिक टोलीबाट छ–छ मिटर लम्बाइको ‘डबल सेल’ कल्भर्ट निर्माण गर्नुपर्ने सुझावसहित प्रारम्भिक डिजाइन प्राप्त भएको इन्जिनियर सिग्देलले बताए। यसअघि भत्किएको कल्भर्ट सात मिटर लम्बाइको एउटै थियो। डिजाइन तयार भएपछि नयाँ कल्भर्ट निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिने छ।

‘आपत्कालीन अवस्थामा काम गर्न हामीसँग थोरै बजेट हुन्छ। त्यसले नयाँ कल्भर्ट निर्माण गर्न सक्ने अवस्था छैन’, इन्जिनियर सिग्देलले भने, ‘त्यसैले डिजाइन तयार भएपछि बजेटका लागि अर्थ मन्त्रालयमा फाइल पठाउँछौँ।’ गोरखापत्रबाट

अघिल्लो लेख आज हरितालिका तीज मनाइँदै
अर्को लेख सुनको मूल्य तोलामै एक लाख ५३ हजार ३ सय पुग्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरका थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

२०८१ भाद्र १६, आईतवार १०:२७ गते
कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुल्ला

२०८१ कार्तिक ८, बिहीबार १६:५४ गते
कञ्चनपुरस्वास्थ्य-शिक्षा

पुनर्वासको पशुपति शिक्षा मन्दिरमा नयाँ वर्षको अवसरमा दीप प्रज्ज्वलन

२०८२ बैशाख १, सोमबार १५:५१ गते
कञ्चनपुर

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

२०८१ भाद्र २६, बुधबार १६:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?