यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा वडा अध्यक्ष र नगर प्रहरीमाथि आक्रमण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा वडा अध्यक्ष र नगर प्रहरीमाथि आक्रमण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा वडा अध्यक्ष र नगर प्रहरीमाथि आक्रमण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १६, आईतवार १४:०५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा ट्रीगार्ड उखेल्न रोक्न खोज्दा एक जनाले वडा अध्यक्ष र नगर प्रहरीमाथि नै आक्रमण गरेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ डिलासैनी टोलमा ट्रीगार्ड उखेलेर फालिरहेको अवस्थामा भेटिएका सोही ठाउँका रवि धानुकले वडा अध्यक्ष र नगर प्रहरीलाई आक्रमण गरेका हुन्।

वडा नम्बर-३ का अध्यक्ष राजबहादुर ऐर र नगर प्रहरीले ट्रीगार्ड नभत्काउन आग्रह गर्दा धानुकले वडा अध्यक्ष ऐर र नगर प्रहरी जवान सुरेन्द्रबहादुर चन्दको औंलामा टोकेर घाइते बनाएका हुन्। 

गाली गलौज र आक्रमणमा उत्रिएका धानुकलाई सम्झाउन खोज्दा अर्का नगर प्रहरी जवान खेमबहादुर पातलीलाईसमेत चोटपटक लागेको छ।

गाली गलौज र ढुङ्गामुढामा उत्रिएका धानुकलाई नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। उनलाई  राति ९:३० मा  प्रहरील नियन्त्रणमा लिएको हो 

धानुकले विगतमा समेत रिङ रोड र ६ लेन सडकमा बिरुवामा क्षति पुगाउने, ट्रीगार्ड उखेल्ने र फाल्ने गर्दै आएका थिए। शनिवार राति ट्रीगार्ड फाल्न लागेका धानुकलाई  वडा अध्यक्ष  ऐरले सम्झाइ बुझाइ गर्न खोज्दा उल्टै आक्रमणमा परेका हुन्। 

६ लेन सडकमा ड्युटी गरिरहेको नगर प्रहरीलाई अध्यक्ष ऐरले खबर गरेपछि नगर प्रहरी जवान खेमबहादुर पातली  र सुरेन्द्रबहादुर चन्द  रवि धानुकले ट्रीगार्ड भत्काएको ठाउँमा पुगेका थिए। त्यसपछि झन उग्र भएर आफूहरू माथि धानुकले आक्रमण गरेको घाइते चन्दले बताए।

धानुकले नगर प्रहरी जवान चन्दको दाहिने हातको माझी औंला र वडा अध्यक्ष ऐरको  बायाँ हातको माझी औंला टोकेका हुन। वडा अध्यक्ष ऐरले  सम्झाइ बुझाइ गर्न खोज्दा आफू, नगर प्रहरी र नेपाल प्रहरी माथिसमेत धानुक जाई लागेको बताए। 

धानुकले इटा, ढुङ्गा जे भेट्यो त्यहीँले हिर्काउने र तथानाम गाली गलौज गरेको वडा अध्यक्ष ऐरले बताए। वडा अध्यक्ष र नगर प्रहरीमाथि नै आक्रमण गरेपछि  घटनास्थलमा पुगेको चटकपुर अस्थायी प्रहरी पोष्टको टोलीले धानुकलाई नियन्त्रणमा लिएको हो।

घाइते नगर प्रहरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख दिनेश एफएममा कार्यरत कैलाशको सवारी दुर्घटनामा निधन
अर्को लेख नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा एयर होस्टेजमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ

२०८१ श्रावण १६, बुधबार १७:१९ गते
अन्तर्राष्ट्रिय

माली सुन खानी दुर्घटनामा कम्तीमा ४८ जनाको मृत्यु

२०८१ फाल्गुन ४, आईतवार १३:२६ गते
राष्ट्रिय

प्रदूषित शहरको सूचीमा आज काठमाण्डौं दोस्रो नम्बरमा

२०८१ चैत्र २०, बुधबार १०:१६ गते
राष्ट्रिय

नागरिक सेवा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री लेखक

२०८१ भाद्र १९, बुधबार ११:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?