काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ।
केन्द्रीय समिति बैठकबाट उनलाई कारबाही सहप्रवक्ता मनिष झाले जानकारी दिए।
तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद पछिल्लो समय सभापति लामिछानेसँग व्यक्तिगत आरोपप्रत्यारोप तहमा देखा परेको छ।
जसका कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट सुरुमा निलम्बन र पछि बर्खास्त गरेको हो।
महामन्त्री पद खोस्दा पनि ढकालले सामाजिक सञ्जालमार्फत् सभापति लामिछानेको आलोचना गर्न छोडेका छैनन्।
यस्तै आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गरिएको छ।





