धनगढी – डडेल्धुराको परशुराम धाममा वृक्षारोपण गरिएको छ ।
दारी ग्याङ परशुरामले धाम क्षेत्रमा वृक्षारोपण गरेको हो।
जिल्लाको परशुराम नगरपालिकाको सहयोगमा धाम क्षेत्रमा श्रीखण्ड, अमला र स्थानीय जातका फूलसहित ७० वटा बिरुवा रोपिएका छन् ।
दारी ग्याङका संयोजक विवेककुमार साउँदले बिरुवाको संरक्षणको जिम्मा नगरपालिकालाई दिइएको जनाएका छन् ।






