धनगढी –अत्तरियाको लोटसआई इङलिस बोर्डिङ स्कुलका विद्यार्थीले धनगढीको एसटीएस सिनेमा हलमा फिल्म जुना हेरेका छन्।
नेपाली कथा वस्तुमा आधारित फिल्म जुनाकाे बिहीबार दिउँसाे च्यारिटी शो एसटीएसमा चलाइएको थियाे।
जुना फिल्ममा नेपाली समाजमा रहेका विभिन्न समस्यालाई दर्शाएको एसटीएस सिनेमाका व्यवस्थापक याेगेन्द्र नायकले बताए।
फिल्ममा रहेकाे कथा वस्तुले विद्यार्थीले समाज बुझ्ने माैका पाएकाे लाेटस आइ अत्तरियाका शिक्षकहरुले बताएका छन्।
यस्तै लाेटसका विद्यार्थीहरुले चलचित्र हेरेर समाजलाई बुझ्ने माैका पाएकाे बताएका छन्। यस्तै विद्यार्थीले उक्त चलचित्र सबैले हेर्नै पर्ने बताएका छन्।





