यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा नहर भत्किँदा धानखेतीमा क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा नहर भत्किँदा धानखेतीमा क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा नहर भत्किँदा धानखेतीमा क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २८, सोमबार १७:३१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटेनामा धानखेतीमा नोक्सानी पुगेको छ ।

गत असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्किँदा मटेनाका स्थानीयका धानखेती र घर जोखिममा परेका छन् । 

असारपछिको वर्षाले स्थानीयको धानखेती कटान हुन थालेको छ भने चार घर जोखिममा परेका छन् । 

नहर नजिकै रहेको एक परिवार विस्थापित बनेको छ । धानखेती गरेको जग्गा कटान हुन थालेपछि स्थानीयले प्लास्टिकले छोपेर नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।  

“असार अन्तिम साता आएको बाढीले नहर भत्काएपछि हाम्रो धानखेती कटान हुन थालेको छ”, भीमदत्त–९ का स्थानीय अर्जुन नाथले भने, “हामीले कटान रोक्नका लागि अस्थायी तटबन्धको माग गरे पनि कतैबाट सुनुवाइ भएन ।” उनले महिना दिन पुग्न लाग्दासमेत कुनै निकायबाट सहयोग नभएको गुनासो गरेका छन् ।

“अहिले प्लास्टिकले छोपेर खेत बचाउने प्रयास गरिरहेका छौँ”, नाथले भने, “महाकाली सिँचाइ र नगरपालिकामा धाउँदा पनि कतैबाट सहयोग प्राप्त भएन ।” उक्त क्षेत्रमा पालिका प्रमुख तथा उपप्रमुख र यहाँका प्रदेशसभा सदस्यहरूले स्थलगत अवलोकन गरे पनि जमिनको कटान रोक्न कुनै प्रयास नगरेको स्थानीयको गुनासो छ । 

“हेर्नलाई मन्त्री सांसद सबै आउनुभयो, हामीलाई आश्वासन मात्रै दिएर जानुभयो”, स्थानीय किरण नाथले भने, “हाम्रो करिब दुई कट्ठा धानखेती कटान भइसक्यो ।” स्थानीयका अनुसार सामान्य वर्षामा समेत जमिन कटान हुन थालेको छ । तीन परिवारको पाँच कट्ठा बढी धानखेती कटान भएको छ । “खेत कटान भएर हाम्रो घरसम्म पुग्न २० मिटर मात्रै बाँकी छ”, उहाँले भन्नुभयो, “राति वर्षा भयो भने डरले घरमा सुत्दैनौँ ।” 

भीमदत्त–९ का वडा सदस्य पशुपति सार्कीले नहर भत्किएपछि स्थानीयको घरखेत जोखिममा परेको बताए । “सुरुआतमा नहर भत्कियो, त्यसपछि स्थानीयको धानखेती कटान हुन थालेको छ”, वडा सदस्य सार्कीले भने, “कटानले गर्दा ब्रह्मदेव सडकसमेत जोखिममा परेको छ ।” उनका अनुसार मटेनामा कटान हुँदा ठुलो क्षति गरेको छ । स्थानीयको खेतसँगै सडक भत्किएर आवतजावत बन्द भएको छ । रासस

अघिल्लो लेख बिहारको एक मन्दिरमा भागदौड, कम्तीमा सातको मृत्यु, नौ घाइते
अर्को लेख दाङमा बस दुर्घटना हुँदा ६ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटामा चक्रपथ निर्माण गरिँदै

२०८१ कार्तिक २६, सोमबार १२:५९ गते
कञ्चनपुर

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

२०८१ भाद्र २६, बुधबार १६:२९ गते
कञ्चनपुर

कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ असार ३०, आईतवार ०७:५३ गते
कञ्चनपुरकैलाली

लागूऔषध मुद्दामा फरार रहेकी कञ्चनपुरकी एक महिला पक्राउ

२०८१ मंसिर २६, बुधबार ०८:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?