यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीडोटी

सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २८, सोमबार १४:०५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –सहजपुर-बिपीनगर-बोगटान सडक कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

निर्माणाधीन सहजपुर-बिपीनगर-बोगटान सडकको ५० किलोमिटर पिएलआर-कुमार जेभीले निर्माण गरेको हो । 

सहजपुर-बिपीनगर-बोगटान सडकका सिनियर डिभिजनल इन्जिनियर सबिन जोशीले गत आर्थिक वर्षको असार २६ गते सडक निर्माणको सबै प्रक्रिया पूरा भएर नेपाल सरकारको मातहतमा रहेको सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको बताए ।

कैलालीको सहजपुरदेखि डोटीको गाडेबाँजसम्म ५० किलोमिटरमध्ये तीन सय ५० मिटरबाहेक अरू सबै सडक कालोपत्रे गर्ने काम पूरा भइसकेकाले हस्तान्तरण गरिएको उनले बताएका छन् । 

आयोजना कार्यालयले दिएको जानकारीअनुसार उक्त सडक खण्डमा सडक बोर्ड मार्किङ, जेब्रा क्रसिङलगायत सबै काम सम्पन्न गरेर निर्माण कम्पनीले सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको जोशीले जानकारी दिएका छन् । 

उक्त सडकमा क्षेत्राधिकारको विवाद, रुख कटान अनुमतिमा ढिलाइ, चट्टान, कोरोना महामारीलगायत विभिन्न बाधा व्यवधानका कारणले सडक निर्माण अवधि लम्बिएको आयोजना कार्यालयले जनाएको छ । 

वि.सं.२०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । 

सम्झौताको पाँच वर्षपछि सडक निर्माणले पूर्णता पाएको कम्पनीले जनाएको छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रेका लागि २०१८ डिसेम्बर ५ मा पिएलआर-कुमार जेभीसँग सम्झौता गरिएको थियो । 

सम्झौताअनुसार सन् २०२१ जुन १७ मा सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दायाँबायाँ एक-एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने हो ।

निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाइएको छ । एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा निर्माण भएको सो सडक आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ । 

वि.सं.२०४३ देखि सहजपुर-बिपीनगर-बोगटान सडकको ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको बिपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुडा, तिखात्तर, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ । 

आयोजना कार्यालयले सहजपुर-बिपीनगर-बोगटान दिपायलसम्म सर्वे गर्ने क्रममा एक सय आठ किलोमिटर सडकको लम्बाइ रहेको जनाएको छ । रासस

अघिल्लो लेख डोटीमा एक जना मृत फेला
अर्को लेख सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीडोटी

धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना

२०८१ श्रावण ३२, शुक्रबार ०६:३५ गते
कैलालीसमाचार

धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

२०८२ असार ९, सोमबार १०:४८ गते
कैलालीसमाचार

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जेनजी आन्दोलनका घाइतेबाट निवेदन माग

२०८२ कार्तिक १, शनिबार १०:२२ गते
कैलालीसुदूरपश्चिम प्रदेश

कैलालीका एक किशोर नदीमा डुबेर बेपत्ता

२०८१ असार २४, सोमबार १०:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?