यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कार्यालय खोलेर अनलाइन ठगी, ९ जना भारतीय पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कार्यालय खोलेर अनलाइन ठगी, ९ जना भारतीय पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

कार्यालय खोलेर अनलाइन ठगी, ९ जना भारतीय पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २३, बुधबार १९:१० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

हेटौंडा । हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा छापा मारेको थियो ।

मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले कम्पनी दर्ता गरी कार्यालय नै राखेर अनलाइन ठगीमा संलग्नलाई पक्राउ गरी अदालतमा पेस गरिएको जानकारी दिए ।

‘त्यहाँबाट अनलाइन ठगीको काम हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर सबै डाटा भारतको राँचीस्थित हेड अफिसमा मात्रै रहेको भेटियो,’ एसपी रिजालले भने ।

कम्पनी देखाएर सर्वसाधारणलाई अनेकौं प्रलोभनमा पार्ने, सट्टेबाजी खेलाउने, क्रिप्टोकरेन्सीको काम गर्ने, उपहार परेको वा पार्सल आएको नाममा अनलाइन ठगी गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।

पक्राउ परेका ९ जना काम गर्ने कर्मचारी रहेको र तलब १८ हजारदेखि ५० हजार रुपैयाँ नगदमै बुझ्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतको पटना थाना आलमगंजका २८ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, नैनिताल उत्तराखण्डका २६ वर्षीय आशिष कब्डौला, राँची झारखण्डका ३४ वर्षीय विशाल कक्कडलाई पक्राउ गरेको हो ।

यसैगरी राँची झारखण्डका ३८ वर्षीय लोकेशकुमार दुवे, राँची झारखण्डकै २९ वर्षीय विकासकुमार सिंह, नांगलोड वेस्टी दिल्लीका २८ वर्षीय अरुण कुमार र गजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए ।

ठगी धन्दामा संलग्न थप तीन जना फरार रहेको उनको भनाइ छ । कम्पनीमा १२ जना भारतीय नागरिक मात्रै कार्यरत रहेकोमा कम्पनीका सञ्चालक द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश भनिने आरोपित फरार रहेका हुन् ।

प्रहरीले उक्त कार्यालयबाट ल्यापटप ७ वटा, राउटर ३ वटा, मोबाइल १३ वटा, हार्डडिस्क १, बेव क्यामेरा १, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान लगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम
अर्को लेख हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय आयोग गठन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

विश्व बालश्रम विरुद्धको दिवस

२०८२ जेष्ठ २९, बिहीबार १०:४९ गते
राष्ट्रिय

मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

२०८१ पुष १९, शुक्रबार १०:०४ गते
राजनीतिराष्ट्रिय

राजेन्द्र लिङ्देनको अभिव्यक्ति विवादमा, धनुषामा पुत्ला जलाइयो

२०८२ बैशाख १३, शनिबार १२:५१ गते
राष्ट्रिय

बंगलादेशमा राजनीतिक उथलपुथलसँगै नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

२०८१ श्रावण २३, बुधबार १२:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?