यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा चरा तथा जैविक विविधता संरक्षण अभियान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा चरा तथा जैविक विविधता संरक्षण अभियान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा चरा तथा जैविक विविधता संरक्षण अभियान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २२, मंगलवार १५:१३ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर ।चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)ले बेलौरी, पुनर्वास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा चरा संरक्षणका लागि युवा सञ्जाल, विद्यालय शिक्षा, स्थानीय समुदाय, जनप्रतिनिधिसँग छलफल, गोष्ठी र तालिमसँगै सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

लोपोन्मुख चरा संरक्षण गर्न अभियान थालिएको सङ्घका कार्यक्रम सञ्चालक हिरुलाल डगौराले बताए । जैविक विविधता जोगाउन नसक्दा पारिस्थितिक प्रणालीमा असर परी चराहरू सङ्कटमा परेको उनले बताए ।

जलवायुमा हुँदै आएको परिवर्तन, प्राकृतिक सम्पदाको अधिक दोहन, कृषिमा अत्यधिक मात्रामा प्रयोग हुँदै आएको रासायनिक मल र विषादीले चराहरू सङ्कटमा पर्दै गएको उनको बुझाइ छ ।

अति दुर्लभ खरमजुरको संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिरको क्षेत्र उल्टनपुर, नन्दगाउँ, किसान मध्यवर्ती क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

प्रजननको समयमा खरमजुर निकुञ्जको भित्री भागमा रहेको घाँसेमैदानमा आउने भए पनि त्यसपछिको समय निकुञ्ज बाहिरका घाँसेमैदानमा बिताउने गर्दछन् । वासस्थान पुनः स्थापना र सुधार गर्न बाह्य क्षेत्रको घाँसेमैदान व्यवस्थापन गरिएको डगौराले बताए ।

सन् २०२३ को गणनाअनुसार यहाँ खरमजुरको सङ्ख्या पाँच मात्रै रहेको थियो । उनका अनुसार कञ्चनपुरमा पाइने कालो गरुड, राजधनेश, सारस, सेतो गरुडलगायत लोपोन्मुख अवस्थाका चरा संरक्षण गर्न समुदायलाई सचेत गरिँदै आएको छ ।

पछिल्ला केही वर्षयता जलवायु प्रदूषणका कारण जलपन्छीको वासस्थान र आहारामा कमी आएको उनको भनाइ छ ।

चरा तथा जैविक विविधता संरक्षणको अभियानमा ऐक्यबद्धता जनाएका कुण्डा सब डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवले चराका आठ सय ९१ प्रजाति नेपालमा पाइने गरेकामा जसमध्ये एक सय ६८ प्रजाति सङ्कटमा रहेको जानकारी दिए । उनका अनुसार कञ्चनपुरमा मात्रै चराका चार सय बढी प्रजाति पाइन्छन् ।

उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छी सिकार गरी मारेमा वा घाइते बनाएमा रु १५ हजारदेखि रु ३० हजारसम्म जरिवाना वा तीन महिनादेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सोही ऐनअनुसार राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई संरक्षित पन्छीबाहेक अन्य पन्छी सिकार गरेमा वा घाइते बनाएमा रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

जनचेतनाका कारण हाल चरा सिकारमा निकै कमी आएको बेलौतीस्थित अमर स्मृति सामुदायिक वनका अध्यक्ष खडकबहादुर चौधरी बताउँछन् ।

यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ । चरा तथा जैविक विविधता संरक्षणका लागि विसिएनलाई अमेरिकी सहयोग नियोग (युएसआइडी)को जल जङ्गल परियोजनाअन्तर्गत आर्थिक सहयोग रहेको छ । रासस

अघिल्लो लेख सुदूरपश्चिममा रानाथारु समुदायमा तीजको रौनक
अर्को लेख कैलालीको चुरेमा एक हजार बढी बिरुवा रोपियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ असार २६, बिहीबार १६:०९ गते
कञ्चनपुर

कञ्चनपुरमा हात्तीले घर भत्कायो

२०८१ मंसिर ३, सोमबार १३:०२ गते
कञ्चनपुर

कञ्चनपुरबाट १० लाख ८५ हजारका अवैध सामान बरामद

२०८१ फाल्गुन २१, बुधबार ०८:५९ गते
कञ्चनपुरसमाचार

नीति अभावले कञ्चनपुरमा करोडौँको काठ वनमै कुहिँदै

२०८२ श्रावण २३, शुक्रबार १०:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?