बाजुरा ।बाजुरामा स्याउ टिप्ने बेला सडक बन्द हुँदा किसान चिन्तित छन् ।
हिमाली, स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा नगरपालिका लगायतका विभिन्न ठाउँमा स्याउ टिप्ने बेला भएको छ ।
मार्तडीदेखि कोल्टी सडक लामो समयसम्म अवरुद्ध भएपछि स्याउ टिपेर बिक्री गर्न बजारमा लैजान समस्या भएको छ ।
अवरुद्ध सडक अहिलेसम्म सञ्चालनमा आएको छैन । यसरी लामो समयसम्म सडक सञ्चालनमा नआएपछि स्याउ बजारमा कसरी लैजाने भनेर किसानको मनमा चिन्ता परेको छ ।
गत वर्षमा निर्माण हुन थालेको शीतभण्डार अहिलेसम्म सञ्चालनमा आएको छैन । शीतभण्डार सञ्चालनमा नआउँदा स्याउ लामो समय स्टोरमा राख्न सकिदैन ।
अविरल वर्षाका कारण बडीमालिका नगरपालिकाको जिल्लामा गएको पहिरोका कारण मार्तडी–कोल्टी सडक अवरुद्ध भएको भौतिक पूर्वाधार विकास अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताए ।





