यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २२ मंगलवार
2026, May 5, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अन्नपूर्ण पदमार्ग : मौसमलाई बेवास्ता गर्दा गुम्छ ज्यान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २२ मंगलवार
2026, May 5, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अन्नपूर्ण पदमार्ग : मौसमलाई बेवास्ता गर्दा गुम्छ ज्यान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
पर्यटनराष्ट्रिय

अन्नपूर्ण पदमार्ग : मौसमलाई बेवास्ता गर्दा गुम्छ ज्यान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २०, आईतवार १५:५० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

मनाङ – विश्वकै लोकप्रिय अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा गत आर्थिक वर्षमा ५ पर्यटकले ज्यान गुमाएका छन् ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका प्रमुख ढकबहादुर भुजेलका अनुसार अधिकांश पर्यटकले लेक लागेर (हाइअल्टिट्युट) ज्यान गुमाउने गर्दछन् ।

०८० असोज १७ मा डुम्रे–बेंसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चार्लस् केथ डेविसले ज्यान गुमाएका थिए ।

०८० असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदल मार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर ३५ वर्षीय चेत्तीय क्यान्डी भन्ने मोहमद रिजीम भारतीय नागरिकले ज्यान गुमाए ।

त्यस्तै नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृत भेटिएको एक्यापको तथ्यांकमा उल्लेख छ ।

मनाङ ङिस्याङ–६ चुलुबेस क्याम्प नजिकै बाटोमा लेक लागेर पोर्टर धादिङ गङ्गा जमुना गाउँपालिका–५ फूलखर्कका ३५ वर्षीय हरि अधिकारी र मनाङ ङिस्याङ–९ टोगुफा स्थित पहिरो जोखिम क्षेत्र तिलिचो बेसक्याम्प जाने क्रममा दाङ घोराही उपमहानगरपालिका–९ स्थायी घर भई काठमाडौँ काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ४९ वर्षीय दधिराम डाँगीले ज्यान गुमाएका छन् ।

भारतीय नागरिक र नेपाली पर्यटक डाँगीको रिपोर्ट आउन बाँकी रहेको एकाइका प्रमुख भुजेलले जानकारी दिए । मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका उनको भनाइ छ । ‘एउटा पथप्रदर्शकबिना नै जोखिमयुक्त यस पदमार्गको यात्रामा पर्यटक आउँछन्, मौसमको अनुकूलताको ध्यान नदिएकाले पर्यटकले ज्यान गुमाउने गर्दछन्, लेक लाग्ने क्षेत्र भएकाले एकैचोटी हाइअल्टिट्युटका कारण ज्यान गुमाउने गरेका छन्’, उनले भने ।

मनाङअन्तर्गतका पर्यटकीय क्षेत्र तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्न आउने पर्यटकले यहाँको मौसमको अनभिज्ञताले ज्यान गुमाउनु परेको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । ‘आन्तरिक पर्यटकले अझ बढी मौसमको अनुकूलतालाई ध्यान नदिँदा यस्ता समस्या आउने गरेका छन्’, उनले भने, ‘न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने समस्यालाई ध्यान दिएमा स्वदेशी पर्यटकले ज्यान गुमाउने अवस्था होइन ।’

मनाङको मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा भने यस्ता समस्याबाट बच्न सकिन्छ । थोरै समय लिएर यहाँ घुम्न आउने स्वदेशी पर्यटक उच्च जोखिममा पर्ने गरेका स्थानीयको भनाइ छ । रासस

अघिल्लो लेख कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ
अर्को लेख घोराही–तुलसीपुर सडक खण्ड खुल्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

छाउपडी कुप्रथाविरुद्ध फेरि अभियान शुरू हुँदै

२०८२ असार ३०, सोमबार १०:३७ गते
राष्ट्रियसमाचार

कोशी प्रदेश सांसदहरू चढेको गाडी दुर्घटना

२०८२ जेष्ठ ५, सोमबार १५:४३ गते
राष्ट्रियसमाचार

अत्तरियामा टमाटरमा भेटियो अत्यधिक विषादी

२०८२ असार २८, शनिबार १७:५५ गते
राष्ट्रिय

बोलेरो दुर्घटना: दुईको मृत्यु, १३ जना घाइते

२०८१ श्रावण ३१, बिहीबार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?