यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘सिधाकुरा’विरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘सिधाकुरा’विरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

‘सिधाकुरा’विरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १८, शुक्रबार १०:१९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला सुनाउने भएको छ ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नौ सदस्यीय बृहत् पूर्ण इजलासले बहस नोट पेस गर्ने समय दिएर निर्णय सुनाउने मिति तोकेको हो ।

अदालतले १५ दिनभित्र बहस नोट पेस गर्ने समय दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

सर्वोच्चको इजलासले जेठ ४ मा मुद्दा बृहत् पूर्ण इजलासमा पेस गर्न आदेश गरेको थियो । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन मुद्दा मिलाउन बहालवाला न्यायाधीशसमेत संलग्न रहेको दाबीसहित सिधाकुराले अडियो सामग्री प्रकाशन गरेको थियो ।

तत्कालीन न्यायाधीश डा. आनन्दमोहन भट्टराईसमेतको नाम जोडिएको उक्त अडियो प्रहरी अनुसन्धानले फेक भएको निष्कर्ष निकालेको थियो ।

सिधाकुराले आफ्नो अनलाइन र युट्युब च्यानलमा ‘डार्क फाइल’ नामबाट उक्त सामग्री प्रकाशन गरेको थियो । अडियो प्रकरणमा न्यायाधीशसमेत जोडिएपछि सर्वोच्च प्रशासनले वैशाख १६ गते उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदनका आधारमा अपहेलना मुद्दा चलाएको थियो ।

सिधाकुराका सम्पादक नवीन ढुङ्गाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई विपक्षी बनाएर अदालतले अपहेलना प्रक्रिया अघि बढाएको थियो ।

अडियो प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाको पनि नाम जोडिएको थियो । अदालतले सुरुमा २४ घन्टाभित्र सामग्री हटाउन आदेश गरेको छ । मुद्दालाई फौजदारी कायम गर्न र प्रहरीबाट अनुसन्धान गराउन पनि आदेश भएको थियो ।

आदेश अनुसार प्रहरीले उक्त अडियोको परीक्षणसमेत गरेको थियो । परीक्षणपछि सामग्री फेक भएको प्रहरीको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा असार १४ मा साइबर अपराधमा पनि तिनै जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

भ्रम, द्वेष र घृणा फैलाउने गरी सामग्री उत्पादन तथा प्रकाशन गरेकाले विद्युतीय कारोबार ऐन अनुसार कारबाहीको मागसहित मुद्दा दायर भएको थियो । मुद्दामा पेस भएको अडियो मोबाइल फोनबाट डाउनलोड गरिएको निष्कर्ष प्रतिवेदनले निकालेको थियो ।

अघिल्लो लेख चार वर्षमा दुई पिल्लर
अर्को लेख भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेशराष्ट्रियसमाचार

नेपालमा गोताखोरको सङ्ख्या १ सय १० पुग्यो

२०८१ असार २१, शुक्रबार १२:२२ गते
राष्ट्रिय

धरहरा चढ्नका लागि मूल्य निर्धारण

२०८१ मंसिर ७, शुक्रबार १९:२२ गते
राष्ट्रियसमाचार

उच्च अदालत तुलसीपुरले भोलिदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम शुरू गर्ने

२०८२ आश्विन २५, शनिबार १४:१५ गते
राष्ट्रिय

शिक्षक महासंघ र सरकारबीचको सहमतिमा कर्मचारीको असहमति !

२०८२ बैशाख १८, बिहीबार ११:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?