काठमाडौं । संगीत प्रशिक्षक गुरुदेव कामतको निधन भएको छ । बिहीबार बिहान उनको निधन भएको हो ।
६९ वर्षको उमेरमा आज बिहान सिरहास्थित आफ्नै निवासमा उनको निधन भएको बताइएको छ । उनी मिर्गौला रोगबाट पीडित थिए ।
कामत मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । आर्थिक अवस्था कमजोर भएपछि उनी केही समयअघि मात्र काठमाडौंबाट गृहजिल्ला सिरहा फर्किएका थिए । उनले नियमित डायलासिस गराउँदै आएका थिए ।
कामतले लामो समयदेखि संगीत सिकाउँदै आएका थिए । पछिल्लो पुस्ताका धेरै गायकगायिकाले उनीसँग संगीतको शिक्षा लिएका छन् ।





