धनगढी – कैलालीको धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ जोखर तालबाट सोही ठाउँका २५ वर्षीय अर्जुन चौधरी पक्राउ परेका हुन्।
चौधरीलाई एक सय मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





