यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा दुर्लभ घडियालले कोरले बच्चा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा दुर्लभ घडियालले कोरले बच्चा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

कैलालीमा दुर्लभ घडियालले कोरले बच्चा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १७, बिहीबार १०:०९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् ।

घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन् । गत वर्ष एउटा घडियाल गोहीले पथरैया र काँढा नदीको दोभानमा बच्चा कोरलेको थियो ।

स्थानीय संरक्षणकर्मीका अनुसार यस वर्ष पथरैयामा दुई र कर्णाली नदीमा तीन स्थानमा गरी घडियालले १२४ वटा बच्चा निकालेका छन् ।

गत वर्ष घडियालले एक गुँडबाट ३५ वटा बच्चा निकालेको थियो । कर्णाली नदीमा चार वटा गुँड फेला परेकामा तीन वटा गुँडबाट मात्रै बच्चा निस्केको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिएका छन् ।

उनका अनुसार तीन गुँडबाट ८४ जीवित बच्चा निस्केका छन् । तीन अन्डा बिग्रेका र १४ बच्चा मरेको अवस्थामा फेला परेको जनाइएको छ । पथरैया नदीमा तीन वटा गुँड फेला परेका थिए । तीमध्ये दुई वटा गुँडबाट मात्रै २८ वटा बच्चा निस्केका छन् । “घडियालले बच्चा निकाल्नका लागि गुँड भिरालो स्थानमा हुनु पर्छ,” उनले भने, “दुई गुँड अलि होचो स्थानमा भएकाले बाढीका कारण बच्चा निकाल्न सफल भएन ।”

वयस्क पोथी घडियालको लम्बाइ ३.५ देखि ४.५ मिटरसम्म हुने गर्छ । ९/१० वर्षको भएपछि पोथी घडियाल प्रजननका लागि परिपक्व हुने जनाइएको छ । पुस र माघमा ‘मिटिङ’ पछि पोथीले चैत वैशाखतिर अन्डा दिने गर्छ । घडियालले नदीकिनारको बालुवामा गुँड (खाल्डो) बनाएर त्यसमा एकै पटक करिब ४० वटासम्म अन्डा पार्ने गर्छन् ।

खाल्डोमा अन्डा पुरेर गोही फेरि जलाशयमा फर्कने गर्छन् । “बालुवामा तलमाथिबाट तापक्रम मिल्ने गरेर गोहीले गुँड बनाएका हुन्छन्,” संरक्षणकर्मी ढुङ्गानाले भने, “गुँडमा रहेको अन्डा आफैँ फुटेर ६० देखि ९० दिनको बिचमा बच्चा निस्कन्छन् ।”

अन्डा आफैँ फुटेर निस्केका बच्चालाई माउले शरीरमा चढाएर पानीमा आहारविहार गराउँछ । वयस्क घडियालले ठुलो माछा र सानो बच्चाले सानो माछा खाने गर्छन् । लोप हुने अवस्थामा पुगेको घडियाल गोही नेपालमा थोरै सङ्ख्यामा रहेको बताइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घडियाललाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ । यस वर्ष डल्फिन संरक्षित क्षेत्रको मोहना, पथरैया, कान्द्रा नदीमा १२ वटासम्म घडियाल देखा परिरहेको जनाइएको छ । डल्फिन पाइने यहाँका नदीमा घडियाल र मगर गोहीको बसोवास वर्षभरि नै हुने गरेको छ ।

अघिल्लो लेख आज एमालेको सचिवालय बैठक बस्दै
अर्को लेख पेरिस ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमसामयिक/राेचक

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

२०८१ भाद्र २, आईतवार १३:०३ गते
राजनीति

नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज शपथ लिंदै

२०८१ श्रावण १७, बिहीबार ०८:४६ गते
प्रदेशबाजुराराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

बाजुराको छालागडा बस्ती पहिरोको जोखिममा

२०८१ असार २०, बिहीबार १४:५९ गते
राष्ट्रिय

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

२०८१ श्रावण ७, सोमबार १७:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?