यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कारागारबाट छुटे लगतै अर्को हत्या
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कारागारबाट छुटे लगतै अर्को हत्या
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

कारागारबाट छुटे लगतै अर्को हत्या

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १६, बुधबार ०९:२५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

विराटनगर ।मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।

मंगलबार राति उर्लाबारी नगरपालिका ५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् ।

उनीमाथि उर्लाबारी– ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते दाहाललाई उर्लाबारीको गोदाबारी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाइन अस्पताल दमक पठाइएको थियो । लाइफलाइनबाट उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको हो ।

घटनापछि तामाङ फरार छन् । दाहालको हत्यामा उनकै संलग्नता रहेको प्रहरीको दाबी छ । तामाङ कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरी करिब तीन महिनाअघि मात्रै छुटेका थिए ।

मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा तामाङले नै छुरा प्रहार गरेको देखिएको छ ।

अपराधिक पृष्टभूमिका तामाङले २०७१ सालमा साथीको ढुंगाले हानेर हत्या गरेका थिए । प्रहरीका अनुसार २०७१ असोज ८ गते राति उर्लाबारी २ का नविन राईको तामाङले हत्या गरेका थिए ।

मंगलबार बेलुका साढे ६ बजे आफ्नै घरमा आएका दाहालमाथि छुरा प्रहार गरेका तामाङले ८ असोज २०७१ राति घर नजिकै बाटोमा राईलाई ढुंगाले हानेर हत्या गरेका थिए ।

तामाङले राईको हत्या गर्दा मोरङका प्रहरी उपरीक्षक कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीको इञ्चार्ज थिए । तत्कालीन प्रहरी निरीक्षक कार्कीले नै गरेको अनुसन्धानका आधारमा तामाङमाथि कर्तब्य ज्यान मुद्दा चलेको थियो । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायपछि उनी केही महिनाअघि मात्रै छुटेका थिए ।

अपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएका थिए । मंगलबार दाहालसँगै अन्य युवकपनि उनको घरमा पुगेका थिए । के कारणले छुरा प्रहार गरे भन्ने खुलिसकेको छैन ।

घटनाअघि सामान्य विवाद भएको देखिएको प्रहरीले बताएको छ । प्रहरीले दाहालसँगै तामाङको घरमा गएका युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अघिल्लो लेख काठमाडौंको बल्खु खोलामा बाढी : एक जनाको मृत्यु
अर्को लेख यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

भारतले जित्यो एसिया कपको उपाधि

२०८१ पुष ७, आईतवार १२:०७ गते
कैलालीसाहित्य

डा. कमलीको शब्दमा रहेको ‘गीता ज्ञान भजन’ सार्वजनिक

२०८२ असार १६, सोमबार ०९:४४ गते
अर्थ-वाणिज्य

शेयर बजार १ सय ११ अङ्कले घटेर २८ सय विन्दुभन्दा तल

२०८१ भाद्र ११, मंगलवार १९:११ गते
राष्ट्रियसमाचार

बसको ठक्करबाट तीनजनाको मृ*त्यु, चारजना घाइते

२०८२ जेष्ठ १३, मंगलवार १०:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?