धनगढी –नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको डिजिटल बोर्ड ह्याक गरिएको छ।
ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्।
प्राधिकरणको आधा बोर्ड मात्रै ह्याक गरिएको छ। उक्त कार्य कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको विद्युत प्राधिकरण स्रोतले जनाएको छ।
यसअघि पनिसुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजिटल बोर्ड ह्याक भएको थियो भने विभिन्न स्थानमा डिजिटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका छन्।





