काठमाडौं – मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएर ११ जनाको मृत्यु भएको छ । साथै कम्तीमा एकजना अझै बेपत्ता रहेको आइतवार चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सीसीटीभी)ले जनाएको छ ।
आधिकारिक प्रसारणकर्ता सीसीटीभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतवार दिउँसोसम्म ११ जनाको शव निकालिएको र ६ जना घाइतेको उद्धार गरिएको बताइएको छ ।
घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको सीसीटीभीले समाचारमा उल्लेख गरेको छ ।





