कञ्चनपुर – कञ्चनपुर कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको दोधारा–चाँदनी नगरपालिका–९, कालिका बजारबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ७२ हजार ८८० मूल्य बराबरको ह्यान्ड पम्पमा प्रयोग हुने नट बोल्ट लगाएतका बिभिन्न हार्डवेयरको सामानहरू र युके ०६ एआर ८३ ५४ नम्बरको मोटरसाइकल बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त सामानहरु नियन्त्रणमा लिएको हो।





