यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको ६ लेनमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न सम्झौता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको ६ लेनमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न सम्झौता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको ६ लेनमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न सम्झौता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३, बिहीबार १५:५९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :धनगढीको डुबान समस्या समाधानका लागि ६ लेन सडकमा नाली निर्माण गर्न सम्झौता भएको छ। 

धनगढी उपमहानगरपालिका भित्रको ६ लेन सडकमा २ हजार ८२५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको हो।

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि सम्झौता गरेको छ। 

मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर र पश्चिम क्षेत्रमा एक हजार चार सय ५० मिटर लामो नाली निर्माणका लागि सम्झौता गरिएको हो। 

पूर्वमा ११ करोड २० लाख र पश्चिममा १२ करोडको लागतमा नाली निर्माणका लागि स्टीमेट भएको थियो। तर, सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा कबोल अंक राखेको एमबी/शुभलक्ष्मी/आदर्श जेभी र ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसा कबोल अंक राखेको सनराइज/चन्द्र विकाश/मस्टा जेभी, धनगढीसँग नाली निर्माणका लागि सम्झौता गरिएको छ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनको बिचबाट बर्सातको पानी मोहनासम्म बग्नका लागि नाली निर्माण गर्न ठेक्का सम्झौता गरिएको हो। 

बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ। नाली सफा गर्नका लागिसमेत होलहरुसमेत निर्माण गरिने सहरी विकासले बताएको छ। 

निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ। २२ महिनामा निर्माण कम्पनीले २ हजार ८ सय १५ मिटर नाली निर्माणको काम सक्नुपर्ने छ। इन्जिनियर पुष्प भट्टका अनुसार धनगढी उपमहानगरपालिका, नेपाल टेलिकम, विद्युत् र खानेपानीसँग समन्वय भइरहेको बताए। 

उनले मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका क्रममा सडक क्षेत्राधिकार खाली भएकाले समस्या नहुने बताए। उनले भने, ‘पूर्व तिर खाली छ। पश्चिम क्षेत्रमा खानेपानीका पाइपहरु छन। स्तान्तरण गर्नुपर्ने छ। सडक निर्माणका बेला क्षेत्राधिकार खाली भएकाले समस्या हुँदैन।’

आर्थिक वर्ष २०८०/०८१ मा नाली निर्माणका लागि १७ करोड बजेट रहेको थियो। तर, सम्झौता नभएकाले बजेट फिर्ता गएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीमा डुबान हुँदै आएको भन्दै धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। धनगढीको डुबान समस्या समाधानका लागि सडकको दुबै तिर नाली निर्माण गरिने भएको हो। -दिनेशखबरबाट

अघिल्लो लेख कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी अस्ताए ओली
अर्को लेख धनगढीको ठेकराज माविमा गरियो आगलागी सम्बन्धि अभिमुखिकरण कार्यक्रम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा मनाइयाे ‘गीता फोर लाइफ’ अभियानको प्रथम वार्षिकउत्सव

२०८१ मंसिर २७, बिहीबार ११:१२ गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसुदूरपश्चिम प्रदेश

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

२०८१ असार २३, आईतवार २२:४३ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ माघ १८, शुक्रबार ११:३९ गते
कञ्चनपुरकैलालीसमाचार

धनगढीकी एक किशोरीसहित २ जना पक्राउ

२०८२ असार २६, बिहीबार १५:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?