कञ्चनपुर –कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले ३ लाख ४ हजार ८ सय मुल्य बराबरको पानी तान्ने मोटर,सुर्ती, किसमिस, पापड, गुट्का र मोटर साइकल एक थान नियन्त्रणमा लिइएको छ ।
उक्त सामानलाई थप कारवाहिको लागी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।





