यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीप्रदेशराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २९, शनिबार १९:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।सुदूरपश्चिमका तीन राजनीतिक दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् ।

नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले आज बिहान धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने, ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ । ठुला दल उहाँको समर्थनमा छैनन् । बजेटमाथिको छलफल हुन सकेको छैन । अल्पमतको सरकारले ठुला निर्णयहरू गर्न मिल्दैन ।’

एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा) ले हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले मुख्यमन्त्रीलाई नैतिक रूपमा सरकारमा बस्न नसुहाएको बताइन् । नयाँ गठबन्धनको सरकार बनाउन उनले मार्ग प्रशस्त गर्नु पर्ने उनको सुझाव छ ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले सरकारले बिचौलियाबाट ल्याएको बजेट बिचौलियाबाटै सार्वजनिक गरेकाले बजेट पास नहुने बताए । सरकार अल्पमतमा परेको र मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे नागरिक उन्मुक्तिले मत नदिने उनले बताए ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा छ ।

नयाँ गठबन्धन बनेपछि असार १ गते पेस भएको बजेटमाथिको छलफल हुन सकेको छैन । यसैबिच सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीसहितको सर्वदलीय बैठक बोलाउनु भएको थियो । छलफल पनि अगाडि बढ्न सकेको छैन ।

अघिल्लो लेख धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा
अर्को लेख बैतडीमा प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ६ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद

२०८२ कार्तिक २१, शुक्रबार १०:१९ गते
कैलालीराजनीतिसमाचार

केएमसीमा स्ववियु निर्वाचन : समानुपातिकतर्फ कसले पाए कति सिट?

२०८२ बैशाख ४, बिहीबार १४:१६ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारले दोस्रो पटक बजेट भाषण सुरू नगर्दै प्रतिपक्षी दलको बिरोध

२०८१ भाद्र ३१, सोमबार १६:२४ गते
डडेल्धुरा

डडेल्धुराको भागेश्वर मन्दिरमा मनाइने ‘धुरा जाँत’ कार्तिक २९ गते हुने

२०८१ कार्तिक २५, आईतवार १४:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?