धनगढी । पछिल्लो तीन घण्टामा कञ्चनपुरको हन्मान नगर र दोधारा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।
आइतबार राति ९ : २० बजे जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुन सक्ने रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले दैजी, चौधर, सुहेली र अन्य साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टादेखि कञ्चनपुरसहित कैलाली, बाँके बर्दियामा भारी वर्षा भइरहेको छ ।





