यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा बाढीको जोखिममा परेका १४ परिवार विस्थापित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा बाढीको जोखिममा परेका १४ परिवार विस्थापित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुलाप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

दार्चुलामा बाढीको जोखिममा परेका १४ परिवार विस्थापित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २२, शनिबार १७:४५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

दार्चुला ।दार्चुलामा बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवारले घर छाडेका छन् ।

मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन् ।

लगातारको वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचमा पर्ने गन्याड खोलाको बाढीले जोखिमका परेका खोला आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले जानकारी दिए । लगातारको वर्षाका कारण आएको भलले गन्याड खोलामा बाढी आएको उनले बताए ।

गन्याड दलित बस्तीका पाँच परिवार र बाँकी नौ परिवार मर्मती बस्तीका विस्थापित भएको बताइएको छ । बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताए । मर्मती क्षेत्रका १४ घरधुरीका ४३ महिला र ४९ पुरुष गरी ९२ जनालाई स्थानान्तरण गरिएको उनले बताए । बाढीको जोखिमको डरले विस्थापित परिवारहरूलाई हटिनाथ आधारभूत विद्यालय र सूर्योदय आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वर्षाको कारण दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ र ८ जोड्ने वडा नम्बर ८ पट्टीको झोलुङ्गे पुलको पर्खाल भत्किएपछि आवतजावत बन्द गरिएको छ । वर्षापछि सडक माथिबाट खसेको पहिरोका कारण मालिकार्जुन क्षेत्रमा महाकाली राजमार्ग समेत अवरुद्ध भएको छ । राजमार्ग खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले बताए । निरन्तरको वर्षाका कारण नदी, खोला किनारमा बाढी र जिल्लाका अधिकांश क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन स्थानीय प्रशासन र पालिकाहरूले अनुरोध गरेका छन् । महाकाली र चमेलिया नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको छ ।
गोरखापत्रबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख नेपालमा गोताखोरको सङ्ख्या १ सय १० पुग्यो
अर्को लेख धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुरा बसपार्क नजिकै जीप दुर्घटना हुदाँ ४ जना घाइते

२०८१ श्रावण २४, बिहीबार १७:४० गते
खेलकुदसमाचार

नेपालले मेलबर्न रेनेगेड्सलाई १ सय ४० रनको लक्ष्य दियो

२०८२ भाद्र ४, बुधबार १४:०२ गते
कैलालीसमाचार

कैलालीमा एकैदिन ४२ फरार प्रतिवादी पक्राउ

२०८२ मंसिर ३, बुधबार १२:२७ गते
कैलाली

धनगढीको सौंराईमा कृष्ण जन्माष्टमी महामहोत्सवको आयोजना हुने

२०८१ भाद्र ८, शनिबार २२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?